Engineers’ Night 2019

इनेप्लिज २०७५ फागुन १९ गते १५:४८ मा प्रकाशित
नमस्कार,
अमेरिकन  ससाइअटी अफ नेप्लीज इन्जिनीयर्स बृहत वासिङ्टन डीसी मेट्रो च्याप्टरको आयोजनामा हरेक साल झैं यस वर्ष पनि नेपाली नयाँ वर्षको आरम्भमा यही मार्च १६ तारिख शनिबार साँझ भर्जिनिया राज्यको फेयरफाक्स काउण्टी अन्तर्गतको मक्लीन शहरमा इन्जिनीयर्स नाइट २०१९ आयोजना गरिन लागेकोले अमेरिकामा रहनुभएका वा काम वा भ्रमणको सिलसिलामा अमेरिका आइपुग्नुभएका इन्जिनीयर साथीहरु सपरिवार उपस्थित भएर उत्साहपूर्वक भेटघाट छलफल र मनोरन्जनात्मक प्रस्तुतिमा सहभागी हुन हार्दिक अनुरोध छ । हरेक साल गरिने जस्तै यस पाली पनि गीत, संगीत, नृत्य, प्रहसन र सामूहिक नृत्यका साथै रमाइलो खानपिन समेत गरिनेछ । कार्यक्रममा उपस्थित भई समाचार एवं श्रव्य-दृष्य सामग्री सम्प्रेषण गरेर सहयोग गरिदिन हुन अमेरिकामा कृयाशील पत्रकार साथीहरुलाई अनुरोध छ ।
कार्यक्रमको विवरण:
मिति: मार्च १६ तारिख शनिबार
समय: बेलुका साढे छ बजेदेखि साढे ११ बजे सम्म
स्थान: मक्लीन सामुदायिक केन्द्र
1234 Ingleside Avenue, McLean VA-22101
प्रवेश शुल्क: ३० डलर (व्यक्तिगत सहभागिता)
प्रतिव्यक्ति २५ डलर (पारिवारिक सहभागिता) १० वर्ष मुनिका केटाकेटीहरुलाई प्रवेश नि:शुल्क
ससाइअटीका सदस्यहरुलाई ५ डलर छुट हुनेछ ।
प्रवेश शुल्कका लागि कार्ड स्वीकृत नगरिने भएकोले नगद पैसा लिएर आउन अनुरोध छ ।
 भवदीय,

प्रतिक्रिया