राजेन्द्र लिङ्देनको सनसनीपूर्ण खुलासा: ज्ञानेन्द्र लाई फेरी राजा..,पशुपतिको गीतमा सरकार किन डरायो?(भिडियो सहित)

इनेप्लिज २०७५ फागुन १८ गते १६:४७ मा प्रकाशित

सांसद एवम राप्रपाका नेता राजेन्द्र लिङ्देनले राप्रपा नेपाल बिगतदेखिनै गणतन्त्र ,धर्मनिरपेछ्यता ,संघीयता बिरोधि धारणा राख्दै आएको र हिजो यो प्रक्रियामा गएर गल्ती गरे पनि अब राजतन्त्र र हिन्दु रास्ट्रको निरन्तरता मै फर्किनुको बिकल्प नभएको देश को स्थायित्वको लागि राज सस्था स्पापित गर्नु अब देशको आवस्यकता भएको उल्लेख गर्नु भएको छ । सरकार सबै कुरामा असफल भै रहेको ले मुलुक असफलता तर्फ गैरहेको भए पनि बर्तमान दुइतिहाइ सरकारलाई असफलता को छुट नेपाली जनताले दिन नसक्ने उल्लेख गर्नु भएको छ । गणतन्त्र र संघीयता असफल बाटोमा पुगेको हुनाले नेता लिङ्देन ले जनतालाई राजसस्था कै पछ्यमा गोलबन्द गर्ने दृढता ब्यक्त गर्नु भएको छ ।

केही ठुला राजनैतिक पार्टीहरु देश को यतार्थ सग सहमत भए राज सस्था तुरुन्तै पुनस्थापना हुने उल्लेख गर्दै कम्युनिस्ट र राजा एकै ठाउँ बस्न सक्दैनन भन्ने कुरा नेपालको हकमा गलत हुने भन्दै बर्तमान कम्युनिस्ट पार्टी नदुखेको टाउको चोयाले बाधेर दुखाउने गरेका कारण अफ्ठ्यारो मा परेको उल्लेख गर्नु भएको छ । गलत तरिकाले नागरिकता लिनेहरु र भ्रस्टाचार गर्ने हरुलाइ कुनै उन्मुक्ति दिन नहुने कुरामा आफू र आफ्नो स्पष्ट धारणा रहेको स्पष्ट गर्दै यो ब्यवस्थाले जनताको अवस्था परिवर्तन गर्न नसक्ने भएको ले यो ब्यवस्थानै परिवर्तन गर्नु पर्छ भन्ने कुरा आम धारणा नै बनिसकेको हुनाले राप्रपा नेपाल जनतालाई घचघच्याउन जनतामा जाने उल्लेख गर्नु भयो।

प्रतिक्रिया