दिनेश डी. सी. र जय प्रकाश रिजाल बीचको भलाकुसारी

इनेप्लिज २०७५ फागुन १८ गते १६:३२ मा प्रकाशित

आवाजको दुनियाको साथी दिनेश डी. सी. हाल कान्तिपुर एफ. एम. का स्टेसन म्यानेजर हुनुहुन्छ भने उहाले बिगत लामो समय देखि नेपाली चलचित्र निर्देशन, रेडियो प्रस्तोता ,अभिनय तथा अन्य बिबिध बिषयमा काम गर्दै आउनु भएकोकुरा सर्वबिदितै छ भने त्यतिकै अनुभब पनि बटुल्नु भएको छ | तेस्तै अर्का जय प्रकाश रिजाल पनि नेपाली संचार जगतको एक हस्ती हुनुहुन्छ | उहा पनि लामो समय नेपालमा रेडियो प्रस्तोता, चलचित्र निर्माण तथा अन्य बिबिध बिषयमा रहेर जीवनको लामो समय व्यतित गरि सक्नु भएको छ |

जय प्रकाश रिजाल हाल अमेरिका बस्दै आउनु भएको छ भने दिनेश डी. सी. नेपालमै संचार जगतमै ब्यस्त हुनुहुन्छ | दिनेश डी.सी . लाइ यसपटक अमेरिकाको सारलोटमा लाइफ टाइम अचिभमेन्ट अवार्डले सम्मान गरियो | सोहि सम्मान कार्यक्रम तथा अन्य बिबिध कार्यक्रमका लागि अमेरिका आउनु भएको बेला उहाका अनन्य मित्र जय प्रकाश रिजालसंग भेटघाट हुन पुग्यो | सो अवसर जुराई दिने नेपालका एक चर्चित हास्यकलाकार गोपाल नेपाल फिस्टे जो दिनेश डी . सी . का चेला पनि हुनुहुन्छ | प्रस्तुत भिडिओ उही गोपाल नेपाल फिस्टेको घरमा लिइएको हो | यस भिडिओमा दुइ संचार हस्तीहरुको आपसी भलाकुसारी तथा बिगतका झझल्को केहि पारिवारिक भलाकुसारी राखेकाछौ | आशा छ हामी सबैलाई केहि रमाइला र नया कुराको जानकारी हुने छ |

भिडिओ तलको लिंकमा छ

प्रतिक्रिया