हेलीकप्टर दुर्घटनामा पर्यटनमन्त्री अधिकारीसहित सात जनाकै मृत्यु (नामावलीसहित)

यादवराज जोशी २०७५ फागुन १५ गते ९:०४ मा प्रकाशित

पर्यटन मन्त्री रबिन्द्र अधिकारी चढेको एअर डाईनेस्टीको हेलीकप्टर ताप्लेजुड.को ढुंगेडाँडामा दुर्घटना भएको छ । हेलीकप्टरमा अधिकारीसहित  सात जना थिए । हेलीकप्टरमा सवार सबैको निधन भएको छ ।

हेलीकप्टरमा यती एअरलाईन्सका मालिक आड. झिरिड. शेर्पा ,प्रधानमन्त्रीका स्वकीय सचिव युवराज दहाल, क्याप्टेन प्रभाकर केसी, विरेन्द्र प्रसाद श्रेष्ठ र अर्जून घिमीरे होलीकप्टरमा सवार थिए । उनीहरु पाथीभरा देवीको दर्शन गर्न ताप्लेजुड. गएका थिए । पाथीभराबाट फर्कने क्रममा उक्त दुर्घटना भएको हो ।

स्थानीयवासीले हेलीकप्टर टुक्रा टुक्रा भएको र आगो बलिरहेको बताएका छन् । काठमाडौं र नेपालको पूर्वी भागमा बदली रहेको कारण मौषम प्रतिकुल छ ।

दुर्घटनामा उद्दारका लागि सेना, प्रहरी परिचालन गरिएको छ । दुर्घटनास्थलमा अहिले हिँउ परिरहेको छ । यसले उद्दारकार्यमा कठिनाई हुने अनुमान गरिएको छ । घटनाको विस्तृत बिबरण आउन बाँकी छ ।

दुर्घटनामा ज्यान गुमाउनेहरु 

रविन्द्र अधिकारी : मन्त्री संस्कृति पर्यटन तथा नागरिक उड्ययन

आङछिरिङ शेर्पा : अध्यक्ष यति एयरलाइन्स

वीरेन्द्रप्रसाद श्रेष्ठ उपमहानिर्देशक नेपाल नागरिक उड्ययन प्राधिकरण

अर्जुनकुमार घिमिरे : मन्त्री अधिकारीका पिएसो

युवराज दाहाल : प्रधानमन्त्री कार्यालयका सल्लाहकार

धुब्रदास भोछिभया : इन्जिनियर नेपाल नागरिक उड्न प्राधिकरण

हेलिकप्टर क्याप्टेन : प्रभाकर केसी

प्रतिक्रिया