बुधबार, माघ ५ २०७८
काठमाडौं ००:५९
वासिङटन डिसी 14:14

चर्चित माता सबितालाई गोली हानेर हत्या गरिदिन्छु भन्दै उनको घरमा पुगेर धम्क्याउने युवक को हुन्, गुहार माग्दै माता पुगीन् प्रहरी चौकी, खोलीन् रहस्य

इनेप्लिज २०७५ फागुन ३ गते २२:१४ मा प्रकाशित

काठमाडौँ। आफुलाई माता भनेर दावी गर्ने सविता आचार्य शुक्रबार एक्कासी प्रहरी चौकीमा पुगेकी छिन् । उनलाई बन्दुक देखाएर धम्क्याएपछि उनी सुरक्षाका खातिर प्रहरी चौकी धाउन बाध्य भएको पत्रकार सम्मेलनका अवसरमा जानकारी दिइन् ।
तनहुँ घर बताउने युवकले आँफुलाई गन देखाउँदै हत्याको प्रयास गरेको समेत रहस्य खोलीन् । यस अगाडी आँफुलाई हत्या गर्ने उदेश्यका साथ दुधमा विष हालेर दिएको घटनाका विषयमा दाबी गरे लगत्तै उनले फेरी अर्को नयाँ रहस्य खोलेकी हुन् । आँफुलाई बन्दुक नै देखाएर हत्याको प्रयास भएको माताले बताइन् ।

यद्यपी माताले आफुले उक्त शंकास्पद युवकको नाम खुलाउन भने चाहिनन् । ति युवकले बाहिर बाट आएको बताइन् । सो अवसरमा उनले आफ्नो दुश्मनी कोहीसँग नभएको तर पत्रकारहरुले आँफुलाई गलत समाचार सार्वजनिक गरेर दु्ख दिइरहेको भन्दै जंगीइन् । पत्रकारहरुले आफ्नो धर्म राम्रोसँग निर्वाह नगरेकाले पत्रकारहरु माथी पनि उनले औँला ठडाइन् । तर उनले तत्कालै आफ्नो कुरा घुमाएर यस विषयमा अहिले नबोलौँ भन्न समेत भ्याइन् । थप भिडियोबाट

प्रतिक्रिया