मेलम्ची खानेपानीभित्र जालझेल र घोटाला भएको ज्ञानेन्द्र शाहीको खुलासा, यस्तो रहेछ खानेपानी नआउनुको रहस्य

इनेप्लिज २०७५ माघ २९ गते १२:१० मा प्रकाशित

पिएनपिखबर : अर्थ विश्लेषक तथा युवा अभियन्ता ज्ञानेन्द्र शाही हालै जल विधुत आयोजना बारे अध्धयन गरेका छन्। उनले राजधानीमा अहिले खाने पानीको अत्याधिक आवश्यक रहेता पनि राजनीतिक र आर्थिक चलखेल भएको कारण खानेपानी नआएको दावी गरे।
मेलम्ची खानेपानी आयोजना आएको वर्षौ बित्दा पनि आर्थिक चलखेल गरेर ढिला सुस्ती भएको र काठमाडौँमा खानेपानी आउने भनेर जनतामा भ्रम मात्र फैलाएको शाहीले अभिव्यक्ति दिएका छन्। मेलम्ची खानेपानीका पुर्ब निर्देशक घनश्याम भट्टराई, तत्कालिन मन्त्री विना मगर र गजेन्द्र ठाकुरको भित्री चलखेलका कारण राजधानी बासीलेखानेपानीको अभाव झेल्नु परेको शाहीको आरोप छ।

उनी भन्छन, ‘सीएमसी कम्पनीले नेपाल छाडेर भाग्यो भनेर ठेक्काको लागि दिएको ५८ करोडको बेरजु रकम आफ्नो खल्तीमा हाल्ने योजना घनश्याम भट्टराई, विना मगर र गजेन्द्र ठाकुरको रहेको छ।’ सीएमसीले मेलम्ची खानेपानी ल्याएँन, ठग्यो भनेर भ्रामक हल्ला फैलाएर मिलापत्र गरी यी ३ वरिष्ट पदमा रहेकाले भ्रष्टचारलाई निरुत्साहित गर्ने प्रयास भएको बताए। उनले सरकारी पैसामा घोटाला गरी व्यक्तिगत पैसा बनाउने सरकारी पदमा बसेका निर्देशक घनश्याम भट्टराई, खानेपानी मन्त्री विना मगर र गजेन्द्र ठाकुर अपराधी रहेको उनको आरोप छ।

उनले राष्ट्रिय आयोगको आयोजनालाई विफल बनाउने र जनतालाई लुट्ने गलत प्रवृती भएका व्यक्तिलाई सामाजिक बहिष्कार गर्न अनुरोध गरेका छन्। सरकारले नयाँनीति लाएर राजनीतिक तथा आर्थिक चलखेल गर्ने व्यक्तिलाई कडा सजाए दिए मात्र देशले विकासको गतिले उनको भनाई छ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया