फेब्रुअरी १५ भित्र एन।आर।एन।ए (NRNA) सदस्य बनौ!!! साथै अटलान्टामा “सदस्यता ल्यापटप बुथ “!!!

इनेप्लिज २०७५ माघ २६ गते २३:४४ मा प्रकाशित

आदरणीय नेपाली दाजुभाई-दिदीबहिनी तथा आमाबुवाहरु,

नमस्कार! “एक चोटी को नेपाली सधैभरीको नेपाली” भन्ने मूल नाराका साथ् सुरुभएकोतपाई-हाम्रो प्रतिनिधित्व गर्ने “एन।आर।एन।ए” संस्था आज ७७ भन्दा बढी देशमा फैलाएको गर्वसाथ भन्न चाहन्छौं । यो संस्था तपाई-हाम्रै संस्था हो र यसले हाम्रा सबै अपेक्षाहरु पूरा गर्न नसके पनि केही ठूला अनि महत्वपूर्ण कुराहरु भने पक्कै गरेको छ ।

 मूलत: यो संस्थाले तपाई-हाम्रो आर्थिक-सामाजिक-सांस्कृतिक अधिकार सहितको “दोहोरोनागरिकता” को लागी वकालत गरी संविधानमा मात्र नभई हालको संसदबाट कानून पनिभर्खर पारित गराउन सफल भएको छ । अरु केही कुराले नभएपनि कमसेकम यो कुरालेगर्दा त “एन।आर।एन।ए” को सदस्य बन्न तथा नवीकरण गर्न के हाम्रो दायित्व हैन रके हामीले हाम्रो संस्थाको लागि अरु कामको लागी नभए नि यो काम को लागि २० डलर तिरेर (४ वटा स्टारबक्स कफीको दाम) सदस्य बन्न कर लाग्दैन र?

 

https://nrnusa.org/members/member-registration-form/

एन।आर।एन।ए”  तपाई-हाम्रै थोपा-थोपा सहयोगले जम्मा भै चल्ने संस्था हो। आज यो संस्थाको सदस्य बन्ने अनि नवीकरण गर्ने बेला आएको छ  यही आइतवार लकी सोल्स पार्कमा “नेपाली स्कुल” चलिरहेको बेला एन। आर। एन जर्जिया च्याप्टरले सदस्यता ल्यापटप बुथ” राखिरहेको छ  कृपया आउनुहोस र सदस्य बन्नुहोस ।

 कार्यक्रम: एन।आर।एन।ए सदस्यता ल्यापटप बुथ
समय: ( ९:३० – १२:३०) दिवा 
तारिख: १० फेब्रुअरी२०१९ (आइतवार)

आवश्यक कागजात: फोटो सहितको परिचय खुल्ने सरकारी कागजात (पासपोर्ट वा द्राइभिङ्ग लाइसेन्स वा नागरिकता वा स्टेट आइ।दी।)

सम्पर्क: विश्वमान आन्ग्देम्बे (६७८-२५०-५२६४), मनोज लम्साल (४०१ -५२४-०५५३), सुर्य लम्साल (७७४-८८८-७०५९) 


ठाउँ:  4651 Britt Rd, Norcross, GA 30093
        लकी सोल्स पार्क  


घरमै बसेर पनि अनलाइन मार्फत सदस्य बन्न सकिन्छ। आजै सदस्य बनौं।यसपालिको निर्वाचनमा मतदान गर्न फेब्रुअरी १५ सम्म सदस्य बनिसक्नु पर्नेछ

जय एन।आर।एन !

image.jpeg

विश्वमान आन्गदेम्बे,  
संस्थापक उपाध्यक्ष तथा सल्लाहकार,
एन। आर। एन जर्जिया च्याप्टर

प्रतिक्रिया