राज्यको ५ अर्ब गायव : राज्यकोषको एक रुपैयाँ पनि चलाउँदिन : डा. सुरेन्द्र केसी

इनेप्लिज २०७५ माघ २२ गते ११:३१ मा प्रकाशित

 

पिएनपिखबर : डा. सुरेन्द्र केसी राजनीतिक विश्लेषकको रुपमा चिनिन्छन्। स्पष्ट वक्ताको रुपमा चिनिने उनले नेपालका समसामयिक घटनाको बारेमा आफ्ना कुराहरु मिडियामार्फत राखिरहेका हुन्छन। करिब ३ दशकदेखि प्राध्यापनमा सक्रिय रहेका उनी अहिले भने रिटायर भएका छन्।

पछिल्लो समय उनी क्यान्सरबाट पनि पिडित छन्। क्यान्सरबाट आफु पिडित भन्दै सरकारको एक रुपैया पनि नचाहेको केसीले बताए। यसै विषयमा बोल्दै उनले भने, ”उपचारको नाममा भन्दै करोडौ रुपैया राज्यको लुट्ने गर्छन। आफ्नो बल प्रयोग गरेर स्वस्थ्य भए पनि विरामी भनेर राज्यको ढुकुटी रिताउने काम भईरहेको छ। वेथालाई पनि उठाएर राजनीतिमा लेराउने गर्ने गर्छन जुन म गर्न चाहन्न।” यस्तो प्रवित्तिले सचिक्कै विरामी हुँदा पनि बदनामी सहनुपर्ने बताए।

सरकारले पद किनबेच देखि पारिद भएको निर्देशिका नै लुकाएर करौडौ रुपैया हिनामिना गरेको
आरोप लगाएका छन्। नेपालका नेताहरुको शक्तिप्रतिको दृष्टिकोण अझै पनि खराब रहेको उनको गुनासो छ । मुलुकको विकासको लागि नेताहरु भौतिक, नैतिक र राजनैतिक रुपमा स्वस्थ हुन जरुरी रहेको केसीको भनाई छ ।

चिकित्सा शिक्षा सुधारको माग गर्दै २३ दिन देखि अनशनमा रहेका डा. गोविन्द केसीको माग सम्बोधनमा सरकार संवेदनहीन भएको आरोप प्राध्यापक डा. सुरेन्द्र केसीले लगाएका छन्। प्राध्यापक केसीले अनशनमा रहेका डा. गोविन्द केसीको स्वास्थ्य तलमाथि भए स्वयं सरकार त्यसको जिम्मेवार हुने बताएका छन्।

भ्रष्टाचारीहरु माथिको कारवाही, ३३ किलो सुन प्रकरण र निर्मला पन्तको बलात्कारपछि हत्याको प्रकरण लगायतका बिषयमा सरकारले केही पनि प्रभावकारी काम गर्न नसकेको उनको भनाई छ । प्र. म ओलीको कुरा र व्यवहार कुनै तालमेल नरहेको केसीले आरोप लगाए। उनले ओली सरकारबाट जनताले केहि नपाएको र सरकारप्रति सबै जनतामा वितृष्णा जागेको उनले बताए। केसीले तुलनामा ओलीभन्दा प्रचण्ड राम्रो र गतिशिल नेता भएको उनको दावी छ। हेर्नुहोस डाक्टर सुरेन्द्र केसीसँग गरिएको कुराकानी…

प्रतिक्रिया