हाम्रो नेपाली पाठशालाको २०१८ को कक्षा समापन तथा पुरस्कार वितरण कार्यक्रम

अर्जुन थापा २०७५ माघ २१ गते २२:४४ मा प्रकाशित

 

अर्जुन थापा,

लेक्जिन्टन अमेरिका , लेक्जिन्टनमा रहेको स्थानीय सस्था एनका”ANKA” द्वारा संचालित नेपाली भाषा पाठशाला को २०१८ को कक्षा समापन तथा पुरस्कार वितरण कार्यक्रम समापन भएको छ । लेक्जिन्टन लाइब्रेरीको थियटर हलमा समापन कार्यक्रममा हाम्रो नेपाली पाठशालाका मुख्य संयोजक डमरु पौडेलले कार्यक्रम संचालन गर्नु भएको थियो । डमरु पौडेलको मुख्य संयोजक रहेको उक्त समितिमा अर्जुन पौडेल, एकनारायण सुबेदी ,अमृत मुनंकर्मी, सलिना राई, प्रमिला पौडेल रहनु भएको छ । उक्त समितिले प्रत्येक शनिवार दिनको १ बजे देखि ३ बजे सम्म आफ्नो कक्षा संचालन गर्दै आएको थियो  ।

कक्षामा बालबालिकाहरुलाई नेपाली वर्णमाला अंक नेपालका बिषयमा जानकारी गीत संगीत नृत्य चित्रकल तथा अन्य विविध बिषयमा अध्ययन अध्यापन गराईने गरेको जानकारी गराइयो । समितिको गत वर्षको कक्षाहरुको विश्लेषण तथा भावी कार्ययोजना र चुनौती सम्बन्धमा समितिका सदस्य अर्जुन पौडेलले प्रष्ट पार्नु भएको थियो भने समितिको आय व्ययको विवरण समितिका सदस्य अमृत मुनंकर्मीले सुनाउनु भएको थियो ।समितिको अन्य आर्थिक स्रोत नभएकोले कक्षा विभिन्न दाताहरुबाट संचालन भएको पनि जानकारी गराइयो ले कक्षा संचालनका निम्ति आर्थिक अनुदान गर्नु हुने महानुभाबहरुलाइ दोसल्ला उढाएर सम्मान पनि गरियो |

 

कार्यक्रममा बालबालिकाले नृत्य गायन चित्रकला तथा अन्य आफ्नो प्रतिभा पनि प्रस्तुत गरेका थिए भने उनीहरुले तयार पारेको चित्रकला प्रदर्शन पनि गरिएको थियो ।  बालबालिकालाई भिन्न भिन्न शिर्षकमा पुरस्कृत तथा सम्मान पनि गरियो । कार्यक्रमको अन्त्यमा सम्पूर्णलाई खाजाको रुपमा पिजा वितरण गरिएको थियो । कार्यक्रमको अन्त्य गर्दै एकनारायण सुबेदीले सबैलाई धन्यवाद प्रदान गर्नु भएको थियो । नेपालीहरु विदेशिए पनि नेपाली भाषा कला संस्कृतिलाइ उत्तिक्कै माया गर्छन र आफ्ना सन्ततिले पनि उत्तिक्कै माया गरुन भन्ने चाहन्छन | यस बिषयमा सबै जना लाग्नु पर्ने आवस्यकता देखिन्छ |कार्यक्रमको बिस्तृत भिडिओ तलको लिंक मा छ :

प्रतिक्रिया