नेपाल क्लिक २०१९ फोटो प्रतियोगिताबारे जानकारी

इनेप्लिज २०७५ माघ १९ गते १६:४० मा प्रकाशित

गैरआवासीय नेपाली संघ नेपाल पर्यटन प्रवर्धन उपसमितिले नेपालको पर्यटन प्रवर्धनको  लागि नेपाल सरकार तथा सरोकारवाला संघ संस्थाहरुसँग समन्वय तथा सहकार्य गर्दै आएको छ । नेपाल सरकारले घोषणा गरेको भिजिट २०२० को लक्ष्य पूरा गर्नका लागि समेत यस उपसमितिले सहकार्य गर्दै आएको सर्वविदितै छ । सोही क्रममा सन् २०१८ मा नेपाल पर्यटन बोर्डसँग सहकार्य गर्दै ग्लोबल भिडियो प्रतियोगिता सफलताका साथ सम्पन्न गरिसकेको छ । उक्त प्रतियोगितामा उत्कृष्ट ३ उत्कृष्ट प्रतियोगिहरुलाई पुरस्कृत गरिएको थियो ।

सोही क्रमलाई निरन्तरता दिँदै पर्यटन प्रवर्धन उपसमितिले नेपाल सरकारले मनाउन गइरहेको नेपाल भ्रमण  वर्ष २०२० मा थप टेवा पुर्याउनको लागि नेपाल क्लिक प्रतियोगिता आयोजना गर्न गइरहेको छ । यस प्रतियोगितामा नेपालको कला संस्कृतिभाषा,मौलिक भेष–भुषा पर्यटकीय स्थलहरुस्थानीय तहमा प्रचलित परिकारचाडपर्व लगायतका मौलिक विषयवस्तुमा आधारित रहेर फोटोहरु समावेश गर्नुपर्नेछ ।  यस प्रतियोगिताको मूल शिर्षक Life Time Experiences तय गरिएको छ । यस प्रतियोगिताको सुरुवात नेपाल पर्यटन बोर्डको २०औं वार्षिक उत्सवमा माननीय पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्री रविन्द्र अधिकारीले विधिवत रुपमा गर्न भयो ।

यस प्रतियोगितामा पहिलो पुरस्कार नगद रु. ५० हजारदोश्रो पुरस्कार नगद रु. ३० हजार र तेश्रो पुरस्कार  नगद रु. २० हजार व्यवस्था गरिएको छ । यसका साथै गैरआवासीय नेपाली संघ र नेपाल पर्यटन बोर्डले संयुक्त रुपमा प्रकाशित गर्ने फोटो म्यागजिनमा  समेत सो प्रतियोगिताका विजेताहरुको नाम सहित उनीहरुले खिचेका फोटो प्रकाशित गरिने छ ।

प्रतियोगितामा भाग लिने सहभागीहरुले नेपालको पर्यटन प्रवर्धन एवं मौलिकता झल्काउने किसिमका फोटोहरु तल उल्लेख गरिएको वेभ लिंकमा पठाउन हुनको लागि अनुरोध गरिन्छ ।

http://experiencenepal.welcomenepal.com/travel-memory/share-your-memory

unnamed 50715951_394633137950694_8612715643998830592_n

सोम सापकोटा

सहकोषाध्यक्ष एवं

संयोजक नेपाल पर्यटन प्रबर्धन उपसिमिति

गैरआवासीय नेपाली संघ ।

३० जनवरी २०१९

प्रतिक्रिया