डा.केसी को आमा: आसु जार्दै-पुस्दै यसरी पोखिन् पिडा,मेरो छोराले केही खाको छैन।( भिडियो सहित )

इनेप्लिज २०७५ माघ १८ गते २२:५६ मा प्रकाशित

“बरिष्ठ डाक्टर गोबिन्द केसी को १६ औ सत्याग्रह को अनसन २३ औ दिन पुग्दा समेत सरकार ले निकास निकाल्न नसके पछि , उन्को स्वास्थ्यको बारेमा केसी को आमाले गम्भीर चिन्ता र दुख व्यक्त गर्नु भएको छ । अपराध कर्मबाट सत्तामा पुगेका नेताहरुको सासनमा न्याय को कुरा सम्भव नभएको भए पनि छोराले देश का गरिव जनताको हितमा कुरा उठाएको सत्य बुझेर जनता उठ्नु पर्ने धारणा समेत ब्यक्त गर्नु भएको छ । अनसनकै क्रममा छोराको बलिदान भयो भने पनि उस्को असल बिचार ,निष्ठा र देश प्रतिको कर्तव्यको छोराको बाटोमा आफू दृढ भएर उभिने उल्लेख गर्दै आँखा नदेख्ने ,कान नसुन्ने ,अबिबेकी बहिरो सरकार केशी सग झुकेरै छाड्ने र गरीब जनताको सत्यको बिजय भएरै छाड्ने दृढ बिस्वास ब्यक्त गर्नु भयो ।

गोबिन्द बाल्यकाल देखि नै दयालु र परोपकारी भावनाको भएको उल्लेख गर्दै बाल्यकाल मा पनि केसि परिपक्व बिचार राख्न सक्ने ,सान्त र मिलनसार स्वभावको भएको बताउनु भयो । छोरो भोकै र आफू घरमा खाना खाएर बस्नु पर्दा हृदय दुखेर आउने गरेको भन्दै वहाँ भक्कानिएर रुदै गोबिन्द केसि अहिम्सा बादी भएको उस्ले अहिले सम्म कुखुराको चल्लो समेत नमारेको मान्छे आज गरिब जनताकै निम्ति मर्न तयार भएकोले जनतालाई उस्ले गरेको माया जनताले पनि बुझ्नु पर्ने बिचार ब्यक्त गर्नु भएको छ ।

प्रतिक्रिया