जंगबहादुरका पाँचौं पुस्ता, कलाकार बिएस राणाको निधन

इनेप्लिज २०७५ माघ १८ गते २२:३१ मा प्रकाशित

काठमाडौं । श्री ३ जंगबहादुुर राणाका पाँचौं पुस्ताका कलाकार बिएस राणाको निधन भएको छ ।

त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा ७६ बर्षको उमेरमा शुक्रबार निधन भएको हो ।

नेपाली फिल्म क्षेत्रमा चरित्र अभिनेताका रूपमा चर्चा कमाएका राणा पछिल्लो पटक निर शाह निर्मित डायमण शमशेरको उपन्यास सेतो बाघमा आधारित फिल्ममा जंगबहादुुरको भुमिकामा थिए ।

उनले निक्कै नेपाली फिल्ममा अभिनय गरेका थिए । बिस राणा जंगबहादुरका सात भाई मभ्येका कान्छा धीर शमशेरका १७ भाई छोरा मध्ये भीम शमशेरका पनाती हुन् ।

उनका हजुरबवा पद्म शमशेर पनि श्री ३ प्रधानमन्त्री थिए । बिएस राणाका बाबु नरेन्द्र शमशेर भने जनरल थिए ।

अन्यायदेखि अभिनय थालेका उनले ५२ भन्दा बढी नेपाली फिल्ममा भूमिका निर्वाह गरेका थिए ।

प्रतिक्रिया