शिक्षामा गुणस्तरीयताको लागि नेता र शिक्षकको संयुक्त प्रतिबद्धता

सञ्जय साह मित्र २०७५ माघ १८ गते ३:२६ मा प्रकाशित

 

रौतहटमा शिक्षामा सुधार र गुणस्तरीयताको लागि निर्वाचित जनप्रतिनिधि र शिक्षकहरुले संयुक्त प्रतिबद्धता व्यक्त गरेका छन् । रौतहटको मौलापुर नगरपालिकाको सोनरनियामा रहेको विद्यालयमा सम्बन्धित सम्पूर्ण निर्वाचित जनप्रतिनिधि र विद्यालयका सम्पूर्ण शिक्षकले गुणस्तरीय शिक्षाको लागि एक साथ प्रतिबद्धता व्यक्त गरेका छन् ।

विद्यालयमा आयोजित प्रतिबद्धता समारोहमा क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाका लागि निर्वाचित साँसद एवम् नेकपाको प्रदेश २ अध्यक्ष प्रभु साह, प्रदेश साँसद कुन्दन कुशवाहा, मेयर रिना कुमारी साह, विद्यालयका प्रधानाध्यापक राम एकबाल राय यादव, वडाका सम्पूर्ण जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका सम्पूर्ण पदाधिकारी तथा सदस्य, विद्यालयका सम्पूर्ण शिक्षक शिक्षिकाहरुले गुणस्तरीय शिक्षामा कुनै पनि सम्झौता नगर्ने प्रतिबद्धता पत्र एक साथ वाचन गरेका थिए ।

प्रतिबद्धता समारोहमा विद्यालयका अभिभावक, विद्यार्थी तथा विभिन्न सञ्चार कर्मीको सहभागिता रहेको थियो ।

सञ्जय साह मित्र

पत्रकार/लेखक

प्रतिक्रिया