चोर्नै नजान्ने चोर ! प्रहरी अगाडीको सरकारी कार्यालयमा चोरले गर्यो मस्ती !! CCTV मा चोर छर्लङ्गै देखियो ! हेर्नै पर्ने भिडियो

इनेप्लिज २०७५ माघ १५ गते १२:१८ मा प्रकाशित


पोखराकै सबैभन्दा फराकिलो सडक, नजिकै शसस्त्र प्रहरीको क्याम्प । सवारी साधानले ब्यस्त हुने सडक र छेउमै रहको प्रहरी क्याम्प अगाडी नै चोरी होला भनेर कस्ले पत्याउला । तपाई पत्याउनुस या नपत्याउनुस् पोखरा महानगरपालिका ५ को कार्यालयमै चोरी भएको छ । प्रहरी क्याम्प अगाडी, फराकिलो सडकमा तिब्र गतिमा गुडिरहेका सावारी साधनलाई समेत चुनौति दिएर एक चोरले आफ्नो बहादुर प्रस्तुत गरेका छन् ।

केही दिन यता पोखरा महानगरपभित्रका केही वडा कार्यालयहरुमा चोरी भएका समाचार बाहिर आईरहको छन् । मालेपाटनमा रहेको पोखरा महानगरपालिका वडा नं. ५ को कार्यालयमा गत बुधबार चोरी भएको हो । चोरले वडा कार्यालयबाट ४ थान कम्प्युटर र एकथान ल्यापटप चोरी भएको छ । चोरको प्रकृती हेर्दा पैसा र सूचनाको लागी चोरी भएको वडा सचिव इश्वरी पोख्रेलले बताउनु भयो । नजिकै रहेको शसस्त्र प्रहरी गणमा चौबिसै घण्टा प्रहरी तैनाथ छन्, फराकिलो सडक रहेको मालेपाटनमा चोबिसै घण्टा जस्तो सवारी साधान गुडिरहन्छन् तर पनि गत बुधबार उक्त कार्यालयमा चोरी भयो ।

चोरले करिब एक घण्टा भन्दा बढी कार्यालय भित्र बिताएको देखिन्छ । कार्यलय भित्रका प्रशासन शाखा, प्राबिधिक शाखा र राजश्व शाखामा चोरले हरेक काजगजातहरु हेरेको सिसी टिभी फूटेजमा देखिन्छ । अझ उनले टेबलका घर्राहरुमा समेत हेरको छ । यस्को अर्थ चोरले पैसा खोजिरहेका जस्तो सिसी क्यामराबाट अन्दाज लगाउन सकिन्छ ।
हेरौं त यो सिसी क्यामरा फुटेज………

https://www.youtube.com/watch?time_continue=1&v=0pSg3JxcRig

प्रतिक्रिया