एएनएचएसको अमेरिका नेपाल शिक्षा सदनले तेस्रो वार्षिक उत्सव कार्यक्रम गर्ने

इनेप्लिज २०७५ माघ १४ गते २२:५१ मा प्रकाशित

अमेरिका नेपाल सहयोगी समाज (ANHS) को भात्रि सस्था “अमेरिका नेपाल शिक्षा सदन (ANHS Academy)” ले तेस्रो वार्षिक उत्सव कार्यक्रम फेब्रुअरि १० मा भब्यरुपमा गर्ने भएको छ ।

बिगत तीन बर्ष अगाडी स्थापित यो एकेडेमीले हरेक आइतबार नेपाली समुदायका बालबालिकाहरुका लागि नेपाली भाषामा लेख्न, पढ्न एवं बोलचाल गर्न सिकाउने गर्दै आई रहेको छ ।

साथै नेपाली गीत संगितमा नाच गान गर्न सिकाउने, नेपाली चाडपर्व, संस्कृति एवं नेपालको वारेमा जानकारी गराउने अादी क्रियाकलापहरु उत्साहजनक रुपमा सन्चालन गर्दै आएको छ । भबिश्यमा अझ बढी बालबालिकाहरु लाभान्वित हुने अपेक्षा गरिएको छ।

साथै बिगत ६ महिनादेखि शिक्षा सदनका अभिभावकहरुलाई योगा कक्षा समेत सन्चालन गरिदै आएको छ । इच्छुक अभिभावकहरुले आफ्ना बच्चाको लागि आवेदन फारम संस्थाको वेभसाइट www.anhsdc.org मा गएर फारम भर्न सक्नु हुनेछ ।

साथै नेपाली समुदायका बुद्धिजिवी महानुभावहरुले हामीलाई केहि सल्लाह तथा सुझाब दिन चाहानुहुन्छ भने सस्थाको ईमेल [email protected] वा स्कुलको इमेल [email protected] पठाई सहयोग गरिदिनु हुन अनुरोध छ ।

सरस्वती पूजावाट सुरुहुने यस वार्षिक उत्सव कार्यक्रममा शिक्षा सदनका बिद्यार्थीहरुले नाचगान एवं आफुले सिकेका कुराहरु प्रस्तुत गर्नेछन्। तसर्थ साना साना बालबालिकाहरुको प्रस्तुति हेर्न तथा उनिहरुलाई हौसला बढाइ दिनु हुन डी.सि.मेट्ट्रो एरियामा रहनु हुने आमा बुबा दाजु भाइ दिदि बहिनीहरु तथा बिभिन्न संघ सस्था सबैमा यसै सूचनाद्वारा सामूहिक निमन्त्रणा गरिन्छ।

साथै कार्यक्रमको अन्त्यमा शिक्षा सदनको सहयोगार्थ अमेरिका नेपाल सहयोगी समाजद्वारा खोलिएको राफल/चिट्ठाको नतीजा घोषणा एवं पुरस्कार वितरण गरिने छ।

थप जानकारीका लागी सम्पर्क:

कार्यक्रम संयोजक:

रोम ज्ञवाली 540-449-1597 तथा ANHS Team
स्थान- 4501 Pleasant Valley Rd, Chantilly, VA 20151
मिती- Feb 10, 2019

समय: ३ बजे देखि ७ बजे सम्म

प्रतिक्रिया