नेपाली जनसम्पर्क समिति अमेरिकाको प्रेस विज्ञप्ति

इनेप्लिज २०७५ माघ १४ गते ११:१४ मा प्रकाशित

वर्तमान सरकारले २०७५ साल माघ ११ गते शुक्रवार प्रतिनिधिसभामा संसदीय शासन प्रणाली विपरीत मर्यादापालक प्रयोग गरी जबरजस्ती राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरिएको घटनालाई संसदीय इतिहाँसकै दु:खको दिन ठहर गर्दै, नेपाली जनसम्पर्क समिति अमेरिका घोर निन्दा र भर्त्सना गर्दछ ।

लोकतान्त्रिक मुल्य, मान्यता र स्थापित विधिलाई कुल्चिएर बहुमतको आडमा संविधानको मर्म र भावना विपरीत गरेका यस्ता निर्णय,व्यवहार र सरकारी निति हेर्दा वर्तमान सरकार अहिले अधिनायकवाद तर्फ उन्मुख भएको छ।

सम्माननीय सभामुख, स्थापित संसदीय परम्परा र मर्यादाको धज्जी उढाउँदै, सत्ता सामु निरिह बनेको छ । जसले गर्दा निष्पक्षता र निर्भिकताकाबाट संसदीय मर्यादा कायम रहन सकेको छैन । प्रमुख प्रतिपक्षी दलका उपस्थिति विना संवैधानिक परिषद्को बैठक राख्नु र नियुक्ति गर्नु लोकतान्त्रिक मूल्य र परम्परा विपरीतको घटना हो । यस्ता प्रवृतिले विधि, पद्धति र लोकतान्त्रिक राज्यसंस्कृतिलाई खण्डीत गर्ने गर्दछ । जो वर्तमान सरकारले गरिरहेका छ। त्यो निन्दनीय छ ।

आम सर्वसाधारण जनताको हितका निमित्त चिकित्सा शिक्षामा सुधारको मागराखि डा. गोविन्द केसीले गरेको १६औं पटकको आमरण अनशन प्रति पनि हाम्रो एक्यबद्धता र समर्थन छ। र उनको जीवन रक्षाकको लागि सरकारसँग माग छ ।

राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएर जनस्वास्थ्यको क्षेत्रमा क्रियाशील जी.पी. कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, तनहुँ र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, बाँकेलाई संघ (केन्द्र) को दायित्वबाट पन्छाउँदै, अस्तित्व नै समाप्त पार्ने गरी वर्तमान सरकारले गरेको गैरजिम्मेवारी निर्णय र कार्यप्रति हाम्रो संगठनको घोर आपत्ति छ । यस्ता कार्यले वर्तमान सरकार निरङकुशता तर्फ उन्मुख भएको प्रष्ट देखिन्छ ।

अहिले देशमा हत्या, हिंसा र बलात्कार जस्ता जघन्य अपराधहरू बढिरहेका छन् । महंगी र भ्रष्टाचार चारैतिर फैलिएको छ। वाइडबडी खरिद प्रकरण र बालिका निर्मला पन्तको बलात्कार पछि हत्याको घटना छ महिनामा पनि सरकार संवेदनशील देखिन्दैन। सत्यलाई ढाकछोप गरिरेको छ । बहुमतको आडमा यस्ता अनेकौं जनबिरोधी निर्णयहरू गरेर वर्तमान सरकार मुलुकमा शनै शनै अधिनायकवाद ल्याउन उद्धत छन् । यस्ता सबैखाले सरकारको नियत प्रति हामी घोर निन्दा र भर्त्सना गर्दै, मातृ पार्टी नेपाली काँग्रेसले संसद र सडकबाट र पार्टीको अन्य भातृ र शुभेक्छुक संगठनले सडकबाट गर्दै आएको र गर्ने सबैखाले विरोधका कार्यक्रमप्रति नेपाली जनसम्पर्क समिति अमेरिका ऐक्यवद्धता जनाउँदछौं ।

धन्यवाद , जय नेपाल !

मुनिन्द्र नेम्बाङ

महासचिव

नेपाली जनसम्पर्क समिति अमेरिका

Jan 26, 2018.

प्रतिक्रिया