कोमल गजल :-

इनेप्लिज २०७५ माघ १३ गते २३:१६ मा प्रकाशित

नियतिले लुट्यो सबै खुसी
कुटिलले चुट्यो सबै खुसी

सकस झाङ्गियो प्रवासमा
रहरमै टुट्यो सबै खुसी

मन विदीर्ण भो वियोगले
सफरमै छुट्यो सबै खुसी

दिनदिनै डसे विपत्तिले
निठुरले भुट्यो सबै खुसी

सुखद चाहना भए धुजा
फटिक झैँ फुट्यो सबै खुसी

मनोरमा छन्द
III SIS ISI S
६ मा विश्राम

–कोमल भट्ट
चन्द्रागिरी नगरपालिका,
वा.नं.१३ -पुरानो नैकाप
काठमाडौँ
हाल:- न्युयोर्क

प्रतिक्रिया