शनिबार, माघ १५ २०७८
काठमाडौं १०:३७
वासिङटन डिसी 23:52

पहिरोले पुरिएर धादिङमा दुई जना बेपत्ता

इनेप्लिज २०७५ माघ १३ गते ८:१५ मा प्रकाशित

धादिङ, १३ माघ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४ हिन्दुङमा शनिबार राति पहिरोले पुरिएर दुई जना हराइरहेका छन् । पहिरोले पुरिएर सोही गाउँका ५५ वर्षीय नोर्बु तामाङ र १८ वर्षीय धनबहादुर तामाङ हराइरहेका छन् ।

गाउँ नजिकै जङ्गलमा बाख्रा चराउन गएको समयमा हिउँपरेपछि १२० बाख्रासहित ओडारमा बसेको बेला पहिरोले पुरेर हराइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक डम्बरबहादुर विकले जानकारी दिनुभयो ।

हराइरहेका दुई जनाको गाउँवासीले ओडारमा बसेको बेला पहिरो गएकाले उद्धार गर्न र खोजी गर्न सकेका छैनन् । दुई दिनदेखि हिउँ परेको र हिउँ पग्लिएपछि पहिरो गएर पुरिएकाले उद्धारका लागि सरकारसँग माग गरिएको शिक्षक ठाकुरदत्त कोइरालाले टेलिफोनबाट जानकारी दिनुभयो ।

गाउँमा कुहिरो लागेकाले केही समय ढिला भएपनि हेलिकप्टरबाट उद्धारको प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेले बताउनुभयो ।

प्रतिक्रिया