प्रेस बिज्ञप्ती – डा गोविन्द केसीको जिवन रक्षार्थ युएस नेपाल पोलिसी रिसर्च सेन्टरको अपील

इनेप्लिज २०७५ माघ ६ गते २३:१४ मा प्रकाशित

नेपाल मा स्वास्थ्य शिक्षा गुणस्तरीय र सुलभ बनाउनका लागि लामो समय देखि संघर्षरत डा. गोबिन्द के सी संग छ महिना अघि प्रधानमन्त्री स्वयंले गरेको संझौता अनुरुप नै संसदबाट चिकित्सा शिक्षा बिधेयक पारित हुनु पर्ने माग राखी पौष १६ देखि इलामबाट सुरु गर्नु भएको १६ औं पटकको अनसन तथा हाल शिक्षण अस्पताल महाराजगन्ज आइसीयुमा उपचारार्थ डा. के सी को स्वास्थ्य अवस्था र सरकारको उदासिनता प्रति युएस नेपाल पोलिसी रिसर्च सेन्टर को गम्भिर ध्यानाकर्षण भएको छ ।

नेपाल सरकारले तत्काल वार्ता टोली गठन गरी डा के सी संग संबाद स्थापित गरेर वहाँको जिवन रक्षार्थ अनसन तोडाउन यथासिघ्र पहलकदमी लिनु पर्ने माग गर्दछौं । सरकार आफैले गरेको सहमती अनुरुप आम नेपाली को चाहना अनुसार को चिकित्सा शिक्षा बिधेयक संसदबाट पारीत गराउन दुइतिहाइको बहुमत प्राप्त सरकारका लागि संसदीय पद्धति र छ महिना अघि डा के सी संग संझौता को आफ्नै हस्ताक्षर को गरिमा कायम राख्न पनि आग्रह गर्दछौं ।

संसदीय पद्दतिमा दुइतिहाइ बहुमत प्राप्त प्रधानमन्त्रीले सरकारले चाहे जस्तो बिधेयक पारित गरी कानून बनाउन सक्ने सबैले बुझेको सत्य भएकोले जनस्वास्थ्य र शिक्षा जस्तो राज्यको मुख्य दायित्व भएको र जनचासो भएको विषयमा वर्तमान सरकार गैर जिम्मेवार बन्न नमिल्ने यथार्थ स्मरण गराउन चाहन्छौं ।

युएस नेपाल पोलिसी रिसर्च सेन्टरका तर्फबाट
डा. आमोद पोखरेल, अध्यक्ष्
डा. अर्जुन बन्जाडे, कार्यकारी सचिव
डा. राजन पन्त, सदस्य
दीनबन्धु भट्ट, सदस्य
डा. देश राज संयोक, सदस्य
जगदम्बा अधिकारी, सदस्य
डा.कविता खरेल , सदस्य
तरुण पौडेल, प्रवक्ता
http://www.usnprc.org

प्रतिक्रिया