चाहाना

सुशील निरौला २०७५ माघ ४ गते १४:११ मा प्रकाशित

तिमीले हरपल
म तिर नहेरेको भए!
फर्कि फर्कि
किन म हेर्थे तिमीलाई!!

मेरो हेराईमा
तिमी नमुस्कुराएको भए !
वार वार हेर्ने चाहाना
किन राख्थे तिमीलाई !!

मैले बोल्दा
चाख मानेर नसुनेकी भए !
वार वार गफ दिन
तिम्रो सामु किन आँउथे र म !!

मेरो मायालु नजरलाई
तिम्रा नयनले नबोलाएको भए !
डरै नमानी तिमीलाई
प्रेम प्रस्ताव किन राख्थे र म !!

मेरो प्रस्तावलाई
नाई भनिदिएको भए !
तिमीलाई जीवनसाथी
बनाउने आँट किन गर्थे र म !!

तिमीले साथ र सहमति
नदिएको भए !
आफुलाई बाबु र तिमीलाई आमा बनाउन कहाँ सक्थे र म !!

तिमीले हुन्छ र ल भनेर
साथमा साथ नदिएको भए !
म एक्लैले जीवनको यो गाडी
यहाँ सम्म कसरी ल्याउन सक्थे र !!

हाम्रो यात्राको
यो मोड सम्मको साथ !
अब बचेखुचेको वाँकी
यात्राहरुमा पनि साथ रहनुपर्दछ !!

त्यसैले त्यो वेलाको तिम्रो
मुस्कान भरीएको नयनको भाव !
आज पनि मैले
त्यही रुपमा पाईरहनु पर्छ !!

प्रतिक्रिया