कालोधन थुपार्नेमाथि सरकारले कानुनसम्मत छानबिन गर्छ : प्रधानमन्त्री

इनेप्लिज २०७५ माघ ४ गते १२:०९ मा प्रकाशित

काठमाडौं, ४ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले कालोधन विदेशी बैंकमा थुपार्नेमाथि कानुनसम्मत छानबिन हुने बताएका छन् ।

प्रतिनिधि सभामा प्रतिपक्षी दलले राखेको प्रश्नको जवाफ दिने क्रममा उनले भने,‘भ्रष्टाचारविरुद्धको अभियानमा सरकार सक्रिय छ, त्यसरी मुलुकलाई असर गर्ने काम भएको भए कारबाहीका लागि सरकार कानुनसम्मत अगाडी बढ्छ ।’

प्रतिक्रिया