भूकम्प दिवस बाट शिक्षा

बिष्णु शीतल २०७५ माघ २ गते १७:४९ मा प्रकाशित
 विक्रम संबत १९९०-सन १९३४) सालको आजकै दिन अर्थात माघ २ गते नेपालमा महाभूकम्प आएको थियो । संखुवा सभाको चैनपुर केन्द्र विन्दु बनाएर आएको भूकम्पबाट १० हजार ६ सय नेपालीले ज्यान गुमाएका तथ्यांक पाइन्छ । त्यही दुदर्शापर्ूण्ा दिनमा ज्यान गुमाएका नेपालीहरुको संझना गर्दै आजको दिनलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाइदै छ ।
विक्रम संबत २०५५ मा दैवी प्रकोप राहत कोष ऐन आए पछि यो दिनलाई भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन शुरु गरिएको हो ।  आजसम्म आइपुग्दा २० औं दिवस मनाइदै छ । यो दिवसलाई भूकम्पबाट हुने जन धनको क्षति कम गर्न जन चेतना अभिबृद्धि गराउने अवसरका रुपमा लिने गरिन्छ । नेपाल भूकम्पीय क्षतिको उच्च जोखिममा रहेको भूखण्ड मानिन्छ । भर्ूगर्भविद्हरु भन्छन् -भारतीय प्लेट प्रत्येक बर्ष४५ मिलीमिटरका दरले उत्तरतर्फर्सर्दै जाने गरेको छ । यो तिब्वती प्लेटसँगको गतिमा सम्ाान्तर नभए पछि भूकम्प सिर्जना हुने गर्दछ, जसको सबैभन्दा ठूलो धक्का नेपाललाई पर्ने गर्दछ ।
भूकम्पका अध्ययनकर्ताहरुले नेपालको इतिहासमा ८ सय बर्षताका ठूला भूकम्पहरुको अध्ययन गरिरहेका छन । सन १२५५, १३४४,१५०५ र १८३३ मा पनि ७देखि९ रेक्टर स्केलसम्मको भूकम्प आएको उनीहरुको अध्ययनले देखाएको छ । तर सन १९३४-१९९०) को भूकम्पको अभिलेख तुलनात्मक रुपमा केही बढी पाइएको र त्यसको प्रत्यक्ष अनुभव गर्नेहरु पनि कतिपय अहिलेसम्म जिवित रहेकाले त्यसदिनको भूकम्प अनि त्यस पछिका ठूला भूइचालोका बारेमा बढी जानकारी हुनुका साथै जनचेतना पनि बढ्दै गएको पाइएको छ ।
भूकम्प दिवसको कुरा गरिरहदा अहिले पनि मेरो देशलाई भने २०७२ साल अर्थात सन २०१५को अप्रीलमा आएको भूकम्प दुखिरहेको छ । यसमा भएको क्षतिको पर्ूर्ति अहिले पनि भइसकेको छैन । गोरखाको बारपाक केन्द्रविन्दु भएर आएको यस भूकम्पबाट ९ हजार नेपाली जनताले ज्यान गुमाउनु परेको थियो । २२ हजारले घाइते भएर हालसम्म उपचार गराइरहनु परेको छ । लाखौं परिवार बेघरवार भएका थिए । देशमा ठूला ठूला संरचनाहरु ध्वस्त भएका थिए । देशले दर्जनौैं  एैतिहासिक धरोहर गुमाएको थियो । हजारौं विद्यालयहरु भत्किएर पठनपाठन अवरुद्ध भएको थियो । एक लाखभन्दा बढी विद्यार्थीहरु प्रभावित भएका थिए । २०१५मा १७ दिनको अन्तरालमा दर्ुइवटा शक्तिशाली भूकम्पको सामना गर्नु परेको थियो ।
यसबाट ६ लाखभन्दा बढी घरहरु ध्वस्त भएका थिए । ७५ मध्ये ३९ जिल्ला प्रभावित भए भने१४ जिल्लालाई संकटग्रस्त जिल्ला घोषणा गर्नु परेको थियो । यो कहाली लाग्दो इतिहाँस देखेका र भोगेका नेपालीहरुले अहिलेसम्म पनि सन्तोषजनक पुनर्स्थापन पाइसकेका छैनन । नेपालीहरुले भोग्नु परेको यो आपतमा साथ दिन २४ घण्टाभित्रमा अमेरिकालगायत देशबाट उद्धार तथा सहायता टोलि नेपाल पुगिसकेको थियो । तत्काल उद्धार कार्यमा नेपाली र विश्व समुदाय लागेको थियो ।
 आपतकालिन उद्धार कार्य सकिदै गर्दा दर्ीघकालीन रुपमा भूकम्पीय जोखिम कम गर्न सरकारी तवरबाट आबश्यक ऐन कानुनको तर्जुमा र सो अनुसारका प्रसासनिक संरचना तथा नियमन निकायहरुको गठन जस्ता कार्यहरु सम्पन्न भए । भर्ूगर्भविद्हरुले नेपाललाई भूकम्पको उच्च जोखिममा रहेको ठहर गरिसकेको हुँदा सरकारी तवरबाट तत्कालीन र दर्ीघकालीन कार्य योजना बनाएर भौतिक संरचना निर्माण तथा पुनःनिर्माण कार्यमा सरकार लागि रहेको छ । अन्य कार्ययोजनाहरु जस्तै पुननिर्माण कार्ययोजना पनि दलीय भागबन्डा र जस अपजसको अपरिपक्व राजनीतिक खिचातानीको शिकार भएको हामीले देखिरहेका छौं ।
भूकम्पीय जोखिमबाट मुलुकका संरचनाहरुलाई जोगाउन र विगतका भूकम्पको शिकार भएका भौतिक संरचनाहरु, ऐतिहासिक धरोहरहरु पुननिर्माणका लागि कानुन अनुसार गठन भएको पुननिर्माण प्राधिकरणको नेतृत्व बारम्बार फेरिरहनु र प्राधिकरणलाई समयमा आवश्यक नीति निर्देशन गर्न नसक्नु, विदेश वा बाहिर भएका नेपालीहरुबाट प्राप्त सहयोगलाई एकिकृत र पारदर्शी ढंगले संकलन र उपयोग गर्न नसक्नु जस्ता कमजोरीले हालसम्म पनि निर्धारण गरिएको संख्यामा पीडितहरुलाई हालका दिनसम्म पनि पुनर्स्थापित गर्न सकिएको छैन । बाहिरबाट गएको राहत तथा सहायता वितरणलाई अहिलेसम्म पनि पारदर्शी बनाएर त्यस बखत अनियमित गर्नेहरुलाई कार्बाहीको दायरामा ल्याएको पनि देखिएको छैन ।
आगामी दिनमा नेपाल र नेपालीलाई सकेसम्म भूकम्पीय जोखिमबाट बचाउन वा कम गराउन चेतनामूलक कार्यक्रमहरुको पनि हालसम्म अभाव नै देखिन्छ । सन २०१५ को विनासकारी भूकम्पले के देखाएको छ भने भूकम्प निरोधक विधि र प्रविधि अपनाइएका निजी तथा र्सार्वजनिक भौतिक संरचनाहरु नभत्कीएका र आफू खुसी बनाइएका अर्थात भूकम्प निरोधक विधि नपनाइएका संरचना मात्र भत्किएका पाइएकाले चेतना अभिबृद्धि एबम नियमनलाई कडा बनाउन निकै नै आबश्यक छ । सन १९३४ देखि २०१५ सम्ममा आएका विनासकारी भूकम्पमा परी झण्डै २० हजार नेपालीले ज्यान गुमाउदा र खबौर्ं रुपैयाको भौतिक संरचना ध्वस्त हुँदासम्म पनि हामीमा चेतना भएन भने हामीले अझै धेरै ठूला ठूला विपतको सामना गर्नु पर्ने र धेरै ठूलो नोक्सानी बेहोर्नु पर्ने हुन सक्छ ।
आज हामीले राष्ट्रिय भूकम्प सुरक्षा दिवसको सर्न्दर्भमा कृुरा गरिहदा भूकम्पबाट क्षति पुगेका र हालसम्म पनि पुननिर्माण सम्पन्न हुन नसकेका राष्ट्रिय एवम ऐतिहासिक सम्पदाहरु रानीपोखरी,धरहरालगायतको निर्माण चाँडो सम्पन्न होस भन्ने र्सब साधारण नेपालीको चाहानालाई सम्बन्धित निकायले सम्बोधन गर्नु पर्दछ ।
विक्रम संबत १९९०-सन १९३४) सालको आजकै दिन अर्थात माघ २ गते नेपालमा महाभूकम्प आएको थियो । संखुवा सभाको चैनपुर केन्द्र विन्दु बनाएर आएको भूकम्पबाट १० हजार ६ सय नेपालीले ज्यान गुमाएका तथ्यांक पाइन्छ । त्यही दुदर्शापर्ूण्ा दिनमा ज्यान गुमाएका नेपालीहरुको संझना गर्दै आजको दिनलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाइदै छ ।
विक्रम संबत २०५५ मा दैवी प्रकोप राहत कोष ऐन आए पछि यो दिनलाई भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन शुरु गरिएको हो ।  आजसम्म आइपुग्दा २० औं दिवस मनाइदै छ । यो दिवसलाई भूकम्पबाट हुने जन धनको क्षति कम गर्न जन चेतना अभिबृद्धि गराउने अवसरका रुपमा लिने गरिन्छ । नेपाल भूकम्पीय क्षतिको उच्च जोखिममा रहेको भूखण्ड मानिन्छ । भर्ूगर्भविद्हरु भन्छन् -भारतीय प्लेट प्रत्येक बर्ष४५ मिलीमिटरका दरले उत्तरतर्फर्सर्दै जाने गरेको छ । यो तिब्वती प्लेटसँगको गतिमा सम्ाान्तर नभए पछि भूकम्प सिर्जना हुने गर्दछ, जसको सबैभन्दा ठूलो धक्का नेपाललाई पर्ने गर्दछ ।
भूकम्पका अध्ययनकर्ताहरुले नेपालको इतिहासमा ८ सय बर्षताका ठूला भूकम्पहरुको अध्ययन गरिरहेका छन । सन १२५५, १३४४,१५०५ र १८३३ मा पनि ७देखि९ रेक्टर स्केलसम्मको भूकम्प आएको उनीहरुको अध्ययनले देखाएको छ । तर सन १९३४-१९९०) को भूकम्पको अभिलेख तुलनात्मक रुपमा केही बढी पाइएको र त्यसको प्रत्यक्ष अनुभव गर्नेहरु पनि कतिपय अहिलेसम्म जिवित रहेकाले त्यसदिनको भूकम्प अनि त्यस पछिका ठूला भूइचालोका बारेमा बढी जानकारी हुनुका साथै जनचेतना पनि बढ्दै गएको पाइएको छ ।
भूकम्प दिवसको कुरा गरिरहदा अहिले पनि मेरो देशलाई भने २०७२ साल अर्थात सन २०१५को अप्रीलमा आएको भूकम्प दुखिरहेको छ । यसमा भएको क्षतिको पर्ूर्ति अहिले पनि भइसकेको छैन । गोरखाको बारपाक केन्द्रविन्दु भएर आएको यस भूकम्पबाट ९ हजार नेपाली जनताले ज्यान गुमाउनु परेको थियो । २२ हजारले घाइते भएर हालसम्म उपचार गराइरहनु परेको छ । लाखौं परिवार बेघरवार भएका थिए । देशमा ठूला ठूला संरचनाहरु ध्वस्त भएका थिए । देशले दर्जनौैं  एैतिहासिक धरोहर गुमाएको थियो । हजारौं विद्यालयहरु भत्किएर पठनपाठन अवरुद्ध भएको थियो । एक लाखभन्दा बढी विद्यार्थीहरु प्रभावित भएका थिए । २०१५मा १७ दिनको अन्तरालमा दर्ुइवटा शक्तिशाली भूकम्पको सामना गर्नु परेको थियो । यसबाट ६ लाखभन्दा बढी घरहरु ध्वस्त भएका थिए । ७५ मध्ये ३९ जिल्ला प्रभावित भए भने१४ जिल्लालाई संकटग्रस्त जिल्ला घोषणा गर्नु परेको थियो ।
यो कहाली लाग्दो इतिहाँस देखेका र भोगेका नेपालीहरुले अहिलेसम्म पनि सन्तोषजनक पुनर्स्थापन पाइसकेका छैनन । नेपालीहरुले भोग्नु परेको यो आपतमा साथ दिन २४ घण्टाभित्रमा अमेरिकालगायत देशबाट उद्धार तथा सहायता टोलि नेपाल पुगिसकेको थियो । तत्काल उद्धार कार्यमा नेपाली र विश्व समुदाय लागेको थियो । आपतकालिन उद्धार कार्य सकिदै गर्दा दर्ीघकालीन रुपमा भूकम्पीय जोखिम कम गर्न सरकारी तवरबाट आबश्यक ऐन कानुनको तर्जुमा र सो अनुसारका प्रसासनिक संरचना तथा नियमन निकायहरुको गठन जस्ता कार्यहरु सम्पन्न भए । भर्ूगर्भविद्हरुले नेपाललाई भूकम्पको उच्च जोखिममा रहेको ठहर गरिसकेको हुँदा सरकारी तवरबाट तत्कालीन र दर्ीघकालीन कार्य योजना बनाएर भौतिक संरचना निर्माण तथा पुनःनिर्माण कार्यमा सरकार लागि रहेको छ । अन्य कार्ययोजनाहरु जस्तै पुननिर्माण कार्ययोजना पनि दलीय भागबन्डा र जस अपजसको अपरिपक्व राजनीतिक खिचातानीको शिकार भएको हामीले देखिरहेका छौं ।

प्रतिक्रिया