मेरो राष्ट्र बनाउने नेता

सुशील निरौला २०७५ पुष २९ गते १९:४० मा प्रकाशित

एकादेशमा एउटा ठिटोले
गाउँको मुखिया हुने अवसर पाएछ ,
मुखिया भएपछि ठिटोलाई
एउटा राष्ट्रको राजा हुने ईच्छा पलाएछ !
गाउँ गाउँ चाहार्दै
साना तिना मुखियालाई
आफ्नो पक्षमा मिलाएछ ,
नमान्ने केहीलाई हप्किदप्कि गरेछ केहीसंग नाता सम्बन्ध बाँधेर फकाएछ !
यसरी ठिटोले टिष्टा र काँगडा सम्म फैलिएको वृहत्तर राज्य वनाएछ ,
त्यसरी बनेको राष्ट्रको
उ बडामहाराजाधिराज कहलाएछ !
कालन्तरमा उस्का भाई र छोराहरुको कलह र अदुरदर्शिताले,
उस्ले छोडेको वृहत्तर राज्य
खुम्चिएर मेची र कालीमा सिमित भएछ !
त्यही कलह र अदुरदर्शिताले
सत्ताको प्रयोग हिंसामा परिर्वतन भएछ,
अनी सत्ताको वागडोर
अर्कै परिवारको हातमा पुगेछ !
१०४ बर्ष आफ्नैलाई मार्दै ,
जनताको शोषण गर्दै
राज्य व्यवस्था परिवारको लागि चलेछ !
अपमानमा बाँचेको राजा,
अनी शोषणमा परेको जनता मिलेर
क्रान्तिको विकुल फुकेछन् ।
क्रान्तिमा छिमेकीको चलखेल बढतै भएछ,
पारिवारिक शासनको अन्त्य त भएछ,
तर राज्य व्यवस्थामा
त्यही छिमेकीको हालिमुहाली चलेछ !
आफुलाई जनताको प्रतिनिधि भन्ने नेता,
अनी जनईच्छा अनुसार शासन चलाउछु भन्ने राजा,
आ-आफनै स्वार्थमा लागेछन् !
उत्तरको छिमेकको आढमा
राजा सत्तामा मैमत्त भएछन् ,
नेता सडकमा फालिएको झोकमा
दक्षिणको पोल्टामा फसेछन् !
दक्षिण र उत्तरको स्वार्थमा
राजा र नेताको लड़ाई लामै चलेछ !
लडाईको मैदानमा
जनताले नेतालाई साथ दिएछन्
जनताको बलमा नेताहरुले
राजाको सत्ता हल्लाउन थालेछन्!
पहिले राजालाई बाँधेछन्,
संम्झाई बुझाई गरेछन् !
तर अबुझ राजा किन मान्थे र ,
जनताको मनोभावलाई किन बुझथे र !
अनी ठुलै आन्दोलनको वाढी आएछ,
त्यो वाढीले राजतन्रको अन्त्य गरेछ !
राजतन्रको अन्त्य संगै,
नयाँ राजाहरु जन्मन थालेछन् !
नयाँ राजाहरुले,
राज्य निर्माताको योगदानलाई भुलेछन् !
यो हाम्रो देश नेपाल हो भनेर चिनाउने,
ति महान नेपाल आमाका छोरालाई,
कुनै काल खण्डका अविवेकी नेताहरुले बिर्सिए पनि,
नेपाली जनताले सधैं संझिरहने छन् !

प्रतिक्रिया