नेपाली फोटोग्राफरलाई उच्च सफलता

इनेप्लिज २०७५ पुष २७ गते २३:१६ मा प्रकाशित

इ-नेप्लिज सम्बादाता,बोस्टन मास्साचुसेट्समा कार्यरत नेपाली फोटोपत्रकार विमल नेपाललाई पानासोनिक लुमिक्स क्यामरा कम्पनिले नियुक्ति दिएको छ ।

पानासोनिकले स्थिर क्यामेरा र भिडियो क्यामेरा बजारमापनि आफ्नो पकड राखेको छ । यसले २००८ मा अरु कम्पनि भन्दा अगाडी मिररलेस क्यामरा निकालेको हो । चलन चल्तीको मोटो आकारको डियसयलआर भन्दा आजभोलि छिटो, छरितो र उच्च गुणस्तरको पातलो मिररलेस क्यामरा लोकप्रिय हुँदैछ.।

अबको केहि महिनामा पानासोनिक लुमिक्सको S1 र S1R फुल-फ्रेम मिरर-लेस ,क्यामरा र लेन्सहरु बजारमा आउदै छन । त्यसैको टिममा विमल नेपाललाई पनि समाबेश गरिएको थाहा भएको छ ।

आज पानासोनिक कम्पनिमा विश्वभर करिब २ लाख ५० हजार मानिस काम गर्छन भने बर्षमा करिब ७२ बिलियन डलरको सामान बिक्रि हुन्छ । फोटोपत्रकार विमल नेपाल बस्टनको दि क्याम्ब्रिज क्रोनिकल पत्रिकामा पनि काम गर्छन भने सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनको एउटा फोटो अनधिकृत रुपमा प्रयोग गरेकोले बिषयले ठुलो चर्चा पाएको थियो ।

पाल्पामा जिन्मिएका चर्चित फोटोग्राफर विमल नेपाल नेपालमा हुँदा भने आर्थिक पत्रकारिता गर्थे ।

प्रतिक्रिया