गायक बन्न पैसा हेन कला चाहिन्छ : कृष्ण काफ्ले

इनेप्लिज २०७५ पुष २५ गते १२:४२ मा प्रकाशित

कृष्ण काफ्ले भन्नासाथ हाम्रो मस्तिष्कमा उनका सिर्जनाहरु एकपछि अर्को गर्दै घुम्न थाल्छ, उनको स्वरमा गुञ्जिएको पर्ख पर्ख मायालु म पनि त आउँला रेलको झ्याल समातेर भन्ने गीत स्मरण भैहाल्छ ।

कृष्ण काफ्ले नेपाली चलचित्रमा जम्दै गरेका गायक तथा संगीतकार हुन् । आजभोलि एउटा चलचित्रमा विविध संगीतकार र गायकहरुको प्रयोग हुने भएकाले ती गीतहरुमा फरकपन आउने गरेको छ र यस्तै फरकपन दिइरहेका छन् काफ्लेले ।

कम उमेरमै चर्चाको चुली छुँदै गरेका गायक काफ्ले आफू कलाकै कारण स्थापित हुन सकेको र दर्शक तथा स्रोताले मनपराइदिएको बताउँछन् । आजभोलि उपकरणले जोसुकै पनि गायक बन्नसक्ने भए पनि तिनीहरु लामो समय नटिक्ने बताउँने काफ्ले धनले हैन कलाले मात्र स्थापित हुन सकिने मान्यता राख्छन् ।

हेरौं गायक तथा संगीतकार काफलेसंग भिजन नेपाल एचडीले गरेको भिडियो कुराकानी

प्रतिक्रिया