अप्रत्यासित् दुर्घटनाको खतरा देखिएको ज्यो.दीपक सुवेदीको भनाई

इनेप्लिज २०७५ पुष २३ गते १२:३१ मा प्रकाशित


देशमा अप्रत्यासित् दुर्घटनाको सम्भावना रहेको ज्यो. दीपक सुवेदीले एक पत्रिकालाई अन्तर्वार्ताको क्रममा बताएका छन् । भनिन्छ बेलाबेलामा विशेष महत्वपूर्ण खालका राष्ट्रिय अन्तर्राष्ट्रिय भविष्यवाणी गर्ने गरेका ती ज्योतिषी केही समय यता प्रिडिक्सन गर्नेकामबाट मौन रहेका थिए । विभिन्न खालका घटनाक्रमको बारेमा फोरकाष्टिङ्ग गरेर चर्चा कमाएका उनको ज्योतिषीय अभिव्यक्तिप्रति नेपालको राजनीतिक लगायतका क्षेत्रले ध्यान दिन थालेको छ भन्ने बुझाई सर्वसाधारणको रहेको छ ।

जब उनले प्रचण्डलाई पार्टीको नाम नफापेको एक टेलिभिजनको अन्तर्वार्तामा बताए, त्यसको एक महिना नै नपुग्दै प्रचण्डले पार्टीको नाम परिवर्तन गरी एनेकपा माओवादीबाट नेकपा माओवादी केन्द्र बनाएका थिए । पार्टीको नाम परिवर्तन गरेको तीन महिनामै उनी दोस्रो पटक प्रधानमन्त्री बनेका थिए । क्रमशः एमालेसँग पार्टी एकिकरण गरी अहिले देशकै सर्वश्रेष्ठ पार्टी तथा शक्तिको उनी प्रमुख छन् ।
यतिबेला तिनै चर्चित ज्योतिषी दीपक सुवेदी जो दीपक गुरुले चिनिन्छन् ले फेरि एक पटक मुख खोल्दै देशमा अझै अप्रत्यासित घटना घट्न सक्ने बताएका छन् । अग्निचक्र मासिकलाई विशेष अन्तर्वार्ता दिँदै उनले त्यस्तो कुरा बताएका हुन् ।

ज्योतिष विज्ञानको आधारमा गर्ने उनका भविष्यवाणी तार्किक हुने गरेको सर्वसाधारणको बुझाइ छ । ज्योतिष तथा फलादेशको नाममा समाजमा हुने हल्लाबाजीहरूसँग उनको भविष्यवाणीलाई दाज्न नमिल्ने उनलाई नजिकबाट जान्नेहरूको भनाई रहेको पाइन्छ । उनले शास्त्रीय मत तथा ग्रहको वैज्ञानिक ढङ्गबाट विश्लेषण गरेर मात्रै फलादेश गर्ने गर्छन् । जसले गर्दा उनको भविष्यवाणी प्राय सबै मिल्ने गरेको पनि छ । सोही कारणले उनी समय समयमा चर्चाको शिखरमा आउने गर्छन् । उनीले गरेको भविष्यवाणी एवं भनाईप्रति राजनीतिक क्षेत्रलगायतले ध्यान दिन थालेको महसूस् पनि गरिन्छ । सुवेदीको ज्योतिष शास्त्रको विश्लेषण सहितको भविष्यवाणीप्रति सम्बन्धित पक्षहरूले विशेष सावधानी अप्नाउने गरेको पाइन्छ ।

तात्कालीन राजनीतिक क्षेत्रबाट कुनै पनि निकास निस्कदैन भन्ने ज्यो. दीपक सुवेदीको भविष्यवाणी पहिलो संविधानसभाको अवसान र राजनीतिक क्षेत्र पाखा लागेर प्रधानन्यायाधीशको अध्यक्षतामा सरकार बनेर सिद्ध भएको थियो । राजनीतिक कामको निकास राजनीतिक क्षेत्रबाट निस्कदैन भन्दा मान्छेहरूले उनीप्रति विभिन्न खालका टिकाटिप्पणी गरेका थिए र सिधा रूपमा उनको भनाई नमिल्दो पनि लाग्थ्यो तर घटनाक्रमले उनको भनाईलाई सही प्रमाणित गर्यो । विषम परिस्थितिमा खिलराज रेग्मीको अध्यक्षतामा गठित सरकारकारले दोस्रो संविधान सभाको चुनाव गराउन सक्ने कि नसक्ने अन्यौल थियो । जुनबेलामा सुवेदीले चुनाव शान्तिपूर्ण ढङ्गबाट सम्पन्न हुने बताएका थिए । नभन्दै शान्तिपूर्ण रूपमा दोस्रो संविधान सभाको चुनाव सम्पन्न भएको थियो ।

त्यस्तै संविधान जारी गर्नेबेलामा ज्यो. दीपक गुरुले धर्मलाई सम्बोधन नगरी संविधान जारी हुन नसक्ने बताएका थिए । नभन्दै अन्तिम आवरमा आएर छुट्टै टिप्पणीमार्फत भएपनि धर्मलाई सम्बोधन गरेरमात्रै संविधान जारी भएको थियो । यस्ता खालका भविष्यवाणीहरू गर्ने गरेका सुवेदीको स्थानीय निर्वाचन एकै चरणमा हुन नसक्ने भविष्यवाणी आएपछि सरकारले चुनाव तीन चरणमा गर्ने निर्णय गरेको थियो । यस्ता खालका कतिपय अनौठा त कतिपय अल्लि मान्छेको ध्यान आकर्षण हुने खालका भविष्यवाणी उनले गर्दै आएका हुन् । संविधान जारी भएको मुहूर्त राम्रो नपरेकोले कार्यान्वयन हुन कठिन रहेको र कथंकदाचित् जवर्जस्ति कार्यान्वयन गरिए पनि त्यसले विभिन्न खालका दुर्घटना निम्त्याउन सक्ने उनको भनाई छ । बीचमा केही समय मौन रहेका ज्यो. दीपकले फेरि त्यस्तो संकेत गरेका छन् ।

अग्निचक्रलाई दिएको अन्तर्वार्तामा उनले देशमा अप्रत्यासित घटना घट्नसक्ने बताएका छन् । ज्योतिषीय दृष्टिले यो राष्ट्रको भविष्य कस्तो देख्नुहुन्छ भन्ने अग्निचक्रको प्रश्नमा उनले आफ्नो एनालाइसिस्मा अधिकांश राजनीतिक तथा राज्यसँग सम्बन्धित भएका कामको मुहूर्त र ग्रह प्रतिकूल परेकोले धेरै कुराहरू नेपाल राष्ट्र तथा नेपाली जनताको हितको पक्षमा नदेखिएको बताएका छन् । जसलाई नसुधारेसम्म नेपालको भविष्य अल्लि अनिश्चित रहेको उनको भनाई छ ।
कुरो अल्लि भयपूर्ण गर्नु भयो, के अझै पनि नेपालको भविष्य नराम्रो नै छ त ? भन्ने अर्को प्रश्नमा ज्यो. सुवेदीले ‘ज्योतिषीले यसरी भविष्यवाणी ढङ्गको अभिव्यक्ति दिँदा धेरै पक्षलाई विचार पुर्याएर दिनुपर्छ । धेरै क्रियाप्रतिक्रिया आउँछन् । रपनि अग्निचक्रमार्फत लामो रूपमा हैन कि छोटोमा यत्ति भन्छु कि नेपालमा भएका महत्त्वपूर्ण घटनाक्रम राम्रो ग्रह र समयमा भएको छैन । अल्लि नराम्रो नै देखिएको छ’ भनेका छन् ।

सोही प्रश्नको उत्तरको क्रममा सुवेदीले अगाडि भनेका छन्– अँ हेर्नु फेरि यसो भन्दै गर्दा नेपाली नागरिक डराइहाल्न भने पर्दैन तर मदहोस हुनपनि हुँदैन । अप्रत्यासित परिणाम अथवा अवस्था सृजना हुँदैछ यत्ति जान्नुस् । मलाई एउटा कुराको असाध्यै याद आउँछ त्यो के भने जब शान्तिसम्झौता भयो, अनि पहिलो संविधानसभाको पनि चुनाव भयो । यो दुबै कार्यको मुहूर्त राम्रो थिएन ।

म त्यतिबेला दक्षिण एशियाली ज्योतिष महासंघको संगठन सचिव थिएँ । ज्योतिष वृतमा पनि ग्रह राम्रो परेन यसको नतिजा राम्रो हुन्न । मैले ज्योतिषक्षेत्रले मुख खोल्नु पर्यो भने । ग्रहस्थिति अनुकूल नभएपछि फल पनि नराम्रो नै हुने भयो त्यसको बारेमा ज्योतिषीहरू बोल्न डराए ।
मलाई भने भित्रभित्र छट्पटी भयो । आफ्नो विवेकले देखेको कुरा नबोली रहन मनले मानेन । त्यसपछि अन्नपूर्णपोष्टमार्फत मैले तात्कालीन राजनीतिक क्षेत्रबाट कुनै पनि निस्कर्ष निस्कँदैन भने । नभन्दै तात्कालीन प्रधानमन्त्रीले प्रधानन्यायाधीशलाई सत्ता सुम्पिए । त्यहाँनीर पशुपतिनाथको कृपाले निकै ठूलो दुर्घटना टर्यो । राजनीतिक पक्ष पाखा लागेर गैरराजनीतिक पक्षले सत्ता सम्हालेर देशले सुरक्षित अवतरण गर्यो ।

त्यसपछिको अवस्थामा पनि संविधान घोषणालगायतका राष्ट्रिय महत्त्वका कामहरू हुँदा राम्रो मुहूर्त एवं ग्रह परेको छ्र्रैन । जसले देशलाई अर्को दुर्घटनातर्फ लैजाने खतरा निकै छ । हो यहाँनीर पनि मैले त्यही पहिलाको जस्तै पशुपतिनाथले राज्यको जिम्मेवार अधिकारीलाई कुनै अक्किल दिएर नेपाललाई सुरक्षित अवतरण गराइदिनु हुनेछ भन्ने विश्वास चाहीँ गरेको छु । कुनै अप्रत्यासित स्थितिको सृजना वा घटनालाई ग्रहले संकेत स्पष्टरूपमा गरेको छ । खतरापूर्ण अवस्था चाहीँ छ, सजग हुन जरुरी छ । सुरक्षित अवतरणको लागि सबैले पशुपतिनाथसँग प्रार्थना गरौं । यसरी उनले अन्तर्वार्ताको क्रममा बताएका छन् ।
अल्लि अनौठो र कुनै पनि राजनीतिक पक्षको पक्ष नलिई पश्नकर्ताको सोधाई अनुसार उनले गर्ने भविष्यवाणीमा छुट्टै दम हुन्छ । अप्रत्यासित घटनालाई देख्नशक्ने क्षमता तथा भविष्यवाणीको कारण उनी बेलाबेलामा चर्चाको शिखरमा पुग्ने गरेका हुन् ।

उनले गर्ने भविष्यवाणीमा तात्विक अर्थ रहने जानकारहरू बताउँछन् । च्याऊजस्तै कतै माताजीहरू त कतै नयाँ ज्योतिषीहरूको चल्ने विभिन्न खालका हल्लाबाजीहरूसँग उनलाई दाज्न नमिल्ने उनीसँग ज्योतिषीय परामर्श लिन आएका कीर्तिपुरका मित्रप्रसाद दवाडी बताउँछन् । उहाँ अरुजस्तो फत्फत् बोल्नुहुन्न, थोरै बोल्नु हुन्छ तर विशेष बोल्नुहुन्छ, खास समस्यामा परेकाहरूलाई उहाँले दिने उपायले निकास निस्कने गर्छ दवाडीले भने । दवाडीका अनुसार ज्यो. सुवेदीले आफूकोमा हेराउन आउनेहरूको बारेमा गोपनियता राख्ने गर्छन् । कसैको पनि पक्ष नलिने र धेरै नबोल्ने तथा आफूले देखेको स्पष्ट बताउने उनको स्वभावको कारण उनीकोमा सबै पक्षका मान्छे पुग्ने गर्छन् ।

विभिन्न टेलिभिजनमा भविष्य निर्माण कार्यक्रम चलाउँदै आएका ज्यो. दीपक गुरुले यतिबेला हेल्थ टेलिभिजनमा आफ्नो कार्यक्रम चलाउँछन् । उनको भविष्यवाणीमा विशेष अर्थ लुकेको सबैको अनुमान रहेकोले उनको भनाईप्रति सम्बन्धित पक्षले ख्याल पुर्याउनु बुद्धिमानी होला ।

प्रतिक्रिया