राजधानी र नाममा सहमति नजुट्दा हिअउँदे अधिवेशन अन्योल

इनेप्लिज २०७५ पुष २३ गते ७:५२ मा प्रकाशित

पथरी, पुस २३ गते । राजधानी र प्रदेशको नाममा सहमति नजुट्दा प्रदेश १ को हिउँदे अधिवेशन आह्वानबारे अझै टुङ्गो लाग्न सकेको छैन । पुसको पहिलो साताबाट हिउँदे अधिवेशन बस्ने सहमति गर्दै बर्खे अधिवेशन असोज २३ मा सकिएको थियो । साझा सूचीमा रहेका विधेयक अझै पारित गरिएको छैन ।

त्यसैगरी स्थायी राजधानी र नामाङ्कनका विषयमा सहमति जुट्न नसक्दा र प्रदेश सरकारले प्रदेशसभालाई छलफलका विषयवस्तु उपलव्ध गराउन नसक्दा समयमै प्रदेशसभाले हिउँदे अधिवेशन पर धकेलिएको हो । प्रदेश सरकारले बर्खे अधिवेशन अन्त्य गर्न लाग्दा आउँदो हिउँदे अधिवेशनमा प्रदेशको नामाङ्कन र स्थायी राजधानी टङ्गो लगाउने बताएको थियो तर सहमति हुन नसकेकैले हिउँदे अधिवेशन शुरु गर्न ढिलो भएको प्रदेश सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्थायी राजधानी र नाम सहमतिबाट टुङ्गो लगाउने प्रयास गर्दा गृहकार्य नपुगेको महसुस भयो”, उहाँले भन्नुभयो, “त्यसमा सहमति जुटाउन अझै गृहकार्य गर्नुपरेकाले अधिवेशन शुरु हुन नसकेको हो ।” प्रदेशको नाम र राजधानी सम्भवतः हिउँदे अधिवेशनमा टुङ्गिे सभामुख भण्डारीले बताउनुभयो ।

प्रदेश सरकार सञ्चालनका लागि आवश्यक कानून निर्माण भैसकेकाले पनि अधिवेशन ढिलो भएको भन्न नमिल्ने उहाँको भनाइ थियो । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सचेतक सूर्य राईले प्रदेश सरकारको निक्कमापनका कारण प्रदेशको नाम र राजधानी अन्योलमा परेको आरोप लागाउनुभयो ।

उक्त प्रदेशले अहिलेसम्म २३ वटा विधेयक पास गरिसकेको छ । नेपालको संविधानले सङ्घ र प्रदेशका साझा अधिकार सूचीमा २१ वटा विषय तोकेको छ । संविधानले २५ वटा विषयलाई प्रदेशको अधिकारको सूचीमा राखेको छ भने १५ वटा विषयलाई सङ्घ, प्रदेश र स्थानीय तहको साझा अधिकार सूचीमा राखेको छ । सङ्घको एकल अधिकार सूचीमा ३५ विषय समेटिएका छन् ।

प्रतिक्रिया