वाइडबडीमा बाबुरामका ४ ट्वीट : आफ्नो दिसा सुवासिलो अरुको दिसा गनाउने भन्न मिल्दैन
इनेप्लिज
२०७५ पुष २१ गते ११:५५ मा प्रकाशित

काठमाडौं, २१ पुस । वाइडबडी प्रकरणबारे सामान्य नागरिक तहदेखि ठूलो राजनीतिक नेतृत्वसम्म पक्ष र विपक्षमा सामाजिक सञ्जालदेखि सार्वजनिक फोरमसम्ममा तर्क वितर्कका केन्द्रित छन् ।
कोही बचाऊमा लागेका छन्, कोही आलोचनामा । यो सातामात्र वाइडबडी प्रकरणले निक्कै चर्चा पायो । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले ट्वीटमार्फत आफ्ना कटाक्ष राखेका थिए ।
यस्ता छन् उनले गरेका ४ ट्वीट –
- आफ्नो दिसा सुवासिलो अरूको दिसा गनाउने भन्न मिल्दैन ! त्यस्तै आफ्नो पार्टीले गरेको भ्रष्टाचार राम्रो अर्को पार्टीकाले गरेको नराम्रो भन्ने हुन्न ! आआफ्नो पार्टीको बचाउ गर्ने सुरमा वाइडवडी प्रकरणमा लेखासमितिलाई पंगू बनाउने काम नहोस् ! षडयन्त्रको गन्ध आयो ! भ्रष्टाचार क्यानसर हो, सबैलाई खान्छ !
- वाइडवडी प्रकरणमा सरकार किन झन् वाइड खाडलमा खस्दैछर ? महालेखा परीक्षकको प्रतिवेदन र संसदको सार्वजनिक लेखासमितिको प्रतिवेदन भन्दा पूर्व न्यायाधीश नेतृत्वको आयोग कसरी ‘उच्च स्तरीय’ हुन्छ ? यो त लम्याउने,थकाउने,भुलाउने,गलाउने ट्याक्टिस मात्र भएन र ? नभुलौं लोकतन्त्रमा जनता सर्वोच्च हुन्छ !
- ‘फाटेको जालीले छेकेको,छेके पनि छर्लंगै देखेको’ ! यो जनवादी गीत जस्तै वाइडबडी प्रकरणलाई अब जतिसुकै कुतर्कले ढाकछोप गर्न खोजे पनि छोपिन्न ! सिधै निर्मातासंग नकिनी नक्कली कम्पनी खडा गरेबाटै दालमा कालो देखिएको हो ! त्यसपछि त…नैतिकता हुनेले राजीनामा दिउन् नहुनेहरू गलहत्याइयून् जो मर्जी !
- १५ सय घुस खाने खरिदालाई पक्रने अख्तियारको खबर राष्ट्रिय मिडियामा पढेर मक्ख पर्ने१ तर ३३९ वा ६३ ? अर्बको एनसेल,७-९अर्बको बुढीगण्डकी,४-६अर्बको वाइडबडी,कति कति अर्बका पप्पूहरूको भ्रष्टाचारबारे चाहिं कानमा तेल हालेर बस्ने ? वा कोठामा गनगन गर्ने ? धन्य हाम्रो अख्तियार ! धन्य हामी नेपाली !





प्रतिक्रिया