एन आर एन ए को सदस्यता वनाउन देखिएका समस्या र समाधानको माँग!

इनेप्लिज २०७५ पुष १९ गते ११:०० मा प्रकाशित

नेपाल भन्दा बाहीर बसेका नेपालीहरु एन आर एन मा गोलबन्द हुनु पर्दछ भनेर नेपाली डायेस्पोराका अभियन्ताहरुले भनीरहेका छन्। सबैले स्वीकारेको र नेपाल सरकारले समेत बाहीर बस्ने नेपालीहरुको साझा संस्थाको रुपमा मान्यता दीएको संस्था एन आर एन को कुनै पनि अस्पस्ट निती र नियमले हजारौं हजार नेपाल बाहीर रहेका नेपालीहरुको भावनामा चोट पुर्याउँछ। त्यतीमात्रै होइन एन आर एन ए को अभियानमा रहेका स्थानिय तथा क्षेत्रीय स्तरका नेताहरु समेत स्पस्ट नीतिको अभाबले समस्यामा परेको अबस्था छ।

यति खेर एन आर एन ए को सदस्यता वनाउने वेला भएको छ। चुनाब सम्बन्धी गतीबिधीहरु सामाजिक संजालमा छाई सकेका छन। अमेरिका लगाएत बिभिन्न देशहरुका एन आर एन ए का पदाधिकारीहरुको हुने भनेर नेपालि समुदाय बिच छलफलका बिषय बनीसकेका छन ।सदस्यता बन्ने अबधी फेब्रूबरी १५ , २०१९ सम्म तोकीइ सकेको छ। अमेरिका एन आर एन ए ले दुइ बर्ष अगाडी सदश्यता सम्बन्धी गरेको निर्णय अनुसार बनेका सदस्यहरुको आई डी कार्डहरु अझै प्राप्त नभएको कुरा अमेरिकाका बिभिन्न च्याप्टर पर्तीनिधीहरुले बताएका छन। न्यूह्यामसायरले एन आर एन एको भर्खरै भएको नियमीत बैठकमा समेत दुइ बर्ष पहिले लिएका लाइफ मेम्बर र साधारण सदश्यहरुको आईडी कार्ड प्राप्त नभएको कुरा जोडदार रुपमा उठेको थियो र एन आर एन अमेरिकाको न्युयोर्कमा हुन् लागेको फिजिकल बैठकमा यो बिषयलाई प्रस्ट रुपमा उठाउने निर्णय नै गरेको छ। दुइ बर्ष पहिले म आँफै न्यूह्यामसायर एन आर एन को अध्यक्षको हैसियतले आफ्नो क्षेत्रमा एन आर एन ए अमेरिकाको निर्णय मुताबिक आजिबन सदश्य बन्न बिशेष प्रोत्साहन गरेको थिएँ। सो अनुसार उल्ख्यय रुपमा सदस्यता लिइएको अबस्था थियो। तर आजीबन सदश्यता शुल्क तीरी सके पछी केन्द्रवाट आजीबन सदश्यताको आई डी कार्ड कहिल्यै प्राप्त भएन। शुल्क तिरे पनी आजिबन सदस्य भईयो की भईएन भन्ने प्रश्नको उत्तर पाईएन। एन आर एन को सदस्य प्रत्यक दुइ बर्षमा लिई राख्नु नपर्ने जस्ता कुराहरुको बिस्वासमा लिइएका सदस्यहरुको जिम्मा अब कसले लिने यो एउटा बिशाल प्रश्नको रुपमा अमेरिकाको एन आर एन ए को अगाडी उभीएको छ। एन आर एन अमेरिका यसको जिम्मेबार हुनै पर्दछ अथवा एन आर एन ए अमेरिकाले एन आर एन ए आइ सी सी संग समन्वय गरेर यसको समाधान निकाल्नै पर्दछ। यस्तै अबस्था रहने हो भने अमेरिका भारी रहेका एन आर एन ए भनी राख्नु नपर्ने अबस्थाको सृजना गराईनु पर्यो । सबैको जिम्मेबारी हुँदा हुँदै पनि जिम्मेवारीमा रहेका पदाधिकारीहरुको गतीबिधीले संस्थाको अस्त्तित्वो प्रती प्रश्न उठाउने बाताबरण सृजना हुने छ। मैले प्रतक्ष्य अनुभब गरेको छु अहिले जब सदश्यता बन्न अनुरोध गर्दछू पहिले बनेको सद्श्यताको आई डी, पहिले लिएको आजिबन सद्दश्यता को बारेमा प्रश्नहरु राखिएका छन। म आँफै अनुत्तरीत छु। यो वातावरणको अन्त संधैको निम्ती हुनु पर्यो।

अहिले ज्वलन्त रुपमा देखिएको प्रश्न छ कतै मानसीक कमजोरीले गर्दा प्राबिधीक कमजोरीहरु त बढेका छैनन्?थोरै रकम भए पनि अर्थ हीन भयो भने ठुलै समस्या सृजना हुन् सक्ने रहेछ। संसारको सबै भन्दा बिकसीत देशमा बसेका हामीले समेत सुध्रनै नसक्ने प्रतीनीधी छानेका रहेंछौं भनेर आत्म गलानी हुने अबस्था आएको छ। हामीमा सुधार ऑउन सकेन, उतैको आदत, वानि व्यहोरा , सिल सोभाव हुने हो भने अब बिदेशमा रहेर नेपाली समुदाएको एक मात्र भन्ने गरीएको संस्थाको मूल्य र मान्यता प्रती समेत आघात हुने छ। समयमै हामी सबैले मनन गरौं।

यो संस्थाको सदस्य बन्न देशबाट विदेश पसेको २०० दिन पछि पाइन्छ भन्ने छ। संस्थालमा लागेर मित्रता , भाईचारा बढ्छ भन्ने सोंचाई छ धेरै सदश्यहरुको।तर परीस्थीती फरक छ। चिन्दै नचिनेको मान्छे चिने पछि शत्रु पो हुने पद्दतिको विकास भएको पाइयो यहाँ त । हार स्वीकार गर्ने पद्दति पनि वसेन यहॉ। अदालत जाने पद्दतिले इतिहॉस क़ायम गर्ने भो यहॉ। भोट हाल्नु र गन्नु पहिला नै विजय निस्चित हुने पद्दति वस्यो यहॉ। अव सुधारौं। फ्रडमा नजॉउ।

यो संस्था सवैको साझा हो र यसकै माध्यमले प्रदेशमा रहनु भएकाल मान्छेहरूलाइ एउटा पद्दतिमा गएर सघाउन सकिन्छ। देशमा पनि यसको माध्यमले केही गर्न सकिन्छ भनेर यसमा लागियो। अरू साथिभाइहरूलाइ समेत लाग्न सन् २००८ देखि दिलो ज्यान दिइयो। अहिले ऑफैले वनाएका सदस्यहरूबाट माथिका सवालहरू ऑउन थाले पछि के गर्ने होला पो भै रहेछ। थप सदस्यता बनाउन प्रेरणा र उत्साह कसरी आउने ? म ऑफै पनि अचम्मित छु। म ऑफै संस्थापक च्याप्टर अध्यक्ष भएर पनि इमेल ऑउदैन र इमेलको आईडी समेत इन भ्यालिड छ । सायद आजिबन सदश्य भएको हो भन्दैमा चुनावमा अव भोट हाल्न नपाईने अबस्था छ । यो राज्यको दोस्रो आजीवन सदस्य वन्ने नेतृत्वदाइ भूमिका खेलेको अर्थात अग्र पंतिको कार्यकर्ताको त यो चिन्ता छ भने सर्व साधारण सदस्यको त झन् कुरै भएन। वनेर आएका परिचय पत्रहरू आधा नामका मात्र छन्। हामी एन केन प्रकारेण केन्द्रीय पद संहालेका पदाधिकारीहरूकोमा पनि यस्तै समस्या छ भन्ने बुझिन्छ। ऑफैले ऑफ्ना यस्ता सवालहरूको समाधान गर्न सक्दैनौ भने के हाम्रो फेरी उमेदवार वन्ने र भोट माग्ने अधिकार रहन्छ?

समयमै यी समस्याहरुको निराकरण गर्न सकीएन भने यसले बिकराल रुप लिन सक्ने छ। न्युयोर्कमा हुन लागेको एन आर एन अमेरिकाको आउँदो फिजिकल मिटिङ्गले यी समस्याहरूको समाधान गरोस हाम्रो शुभकामना यही छ।

इश्वरी भट्ट

न्यूह्यामसायर अमेरीका

प्रतिक्रिया