तीन सय पचपन्न मुद्दा फछ्र्योट
वीरेन्द्रनगर, पुस १९ गते । सुर्खेत जिल्ला अदालतले पाँच महीनाको अवधिमा ३५५ मुद्दा फछ्र्योट गरेको छ । अदालतमा दर्ता भएका ८८६ मुद्दामध्ये ३५५ वटा फछ्र्योट भएको र ५३१ मुद्दा बाँकी रहेको अदालतका श्रेस्तेदार भुपाल भण्डारीले बताउनुभयो ।
उहाँका अनुसार अदालतमा रहेका जम्मा मुद्दामध्ये ३६३ मुद्दा पुराना थिए । मुद्दा फछ्र्योटको कामलाई प्रभावकारी बनाइएको जिल्ला न्यायाधीश धुव्रकुमार शाहले बताउनुभयो । उहाँले अदालतमा पुराना मुद्दा बाँकी नरहेको जानकारी दिनुभयो ।
अदालतको तथ्यांकअनुसार एक वर्षदेखि १८ महीनासम्मका तीन थान मात्र मुद्दा फछ्र्योट गर्न बाँकी छ । दार्ता भएका अधिकांश मुद्दा जबर्जस्ती करणीका छन् । पाँच महीनाको अवधिमा ४४ जबर्जस्ती करणी २८ बहुविवाह, १० जबर्जस्ती करणी उद्योगका मुद्दा दर्ता भएका थिए ।त्यसैगरी लागुऔषधका ३४, घरेलु हिंसाका १६ र बालविवाहका दुई मुद्दा दर्ता भएका उक्त अदालतले जनाएको छ।
टेक्ससकी एक महिलालाई लस एन्जलसमा गाडी दुर्घटनामा परि ५ जनाको मृत्यु भए पछि ६ गणनाको हत्याको अभियोग
अमेरिकाको न्यू मेक्सिको प्रहरीद्वारा पाकिस्तानका मुसलमान पुरुषको हत्याको सम्भावित शृंखलामा चौथो व्यक्तिको पहिचान
ट्रम्पले फ्लोरिडाको उनि बस्ने घरमा एफबीआईले छापा मारेको पुष्टि गरे ,तर उनि त्यहाँ थिएनन
अमेरिकाको क्यानसस शहरमा गाडी चोरेका व्यक्तिले प्रहरीको गाडीमा ठक्कर दिंदा प्रहरीले गोली चलाउदा मृत्यु
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख १७ हजार संक्रमित ,४९४ जनाको मृत्यु
प्रतिक्रिया