राजधानीमा पत्रकार आचारसंहिता डिजीटल संवाद सम्पन्न

इनेप्लिज २०७५ पुष १८ गते १२:१८ मा प्रकाशित

मुनामदन सिलवाल

काठमाडौँ, १६ पुस । रक्षामन्त्री ईश्वर पोखरेलले पत्रकारहरुले सदैव बिषय र मुद्दाको आधारमा ठीकलाई ठीक र बेठीकलाई बेठीक, बस्तुनिष्ट, गुण(दोषको आधारमा छुट्टाई जनतामा सत्य कुरा पु¥याउनुपर्नेमा जोड दिनुभयो ।

प्रेस काउन्सिल नेपालको आयोजना तथा नेपाल पत्रकार महासंघ काठमाडौ शाखाको संयोजनमा आइतवार राजधानीमा आयोजित पत्रकार आचारसंहिता डिजीटल संवाद कार्यक्रम उक्त कुरामा जोड दिनुभएको हो ।

साथै उहाँले ठूल्ठूला आयोजनामा बस्तुनिष्ठभन्दा कुनै सेन्टरबाट आएको हावादारी कुरालाई प्राथमिकता नदिऔ । तर कमजोरीहरू केलाउनु, समाज बिकासको क्रममा विभिन्न क्षेत्रमा परेको प्रभाव पत्रकारमा पनि परेको हुन सक्छ धारणा राख्दै अहिले प्रणालीमा परिवर्तन, सरकारमात्र होइन शासनसत्ता परिवर्तन भएको अवस्था रहेको प्रष्ट पार्नुभयो ।

प्रेस काउन्सिल नेपालका सदस्य शुभेच्छाबिन्दु तुलाधरले पत्रकार आचारसंहितासम्बन्धि कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
प्रस्तुत कार्यपत्रमा काउन्सिलको संक्षिप्त परिचय, अनुगमनको अवस्था, कामकारबाहीबारे जानकारी, २४ सै घण्टा मिडियाको अभिलेखिकरण र सोको अनुगमन, डिजिटल काउन्सिल बनाउने अभियानमा छौं रहेको बताउँदै नुवाकोटबाट यसप्रकारको संवाद शुरू गर्ने बताउनुभयो ।
कार्यक्रममा प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झबिन्द्र भुसालले प्रेस काउन्सिलको गतिबिधि एवं कार्यक्रमको औचित्यबारे प्रकाश पार्नुभएको थियो ।
प्रेस चौतारी नेपालका उपाध्यक्ष विश्वमणी सुवेदीले प्रेस चौतारी र प्रेस सेन्टरबीच समायोजन भै प्रेस संगठन भैसकेको अवस्था हो,जिम्मेवारी बाडफाड मात्र बाँकी रहेको बताउँदै श्रमिकमैत्री पत्रकारिता गर्नुपर्ने, श्रमिकमैत्रीनभएको होकि भन्ने आशङ्का भएको धारणा राख्नुभयो । उहाँले भन्नुभयो–‘नेपालमा जम्माजम्मी १० हजारको संख्यामा पत्रकार कृयाशील छौ होला, काठमाडौ शाखामा १४०० सय सदस्यमध्ये साधारण सभामा डेड सयको हाराहारीमा उपस्तिथि हुनु आश्चर्यलाग्दो कुरा भएको धारणा राख्नुभयो ।

सो कार्यक्रममा ३ नम्बर प्रदेश नीति तथा योजना आयोगका सदस्य तथा पत्रकारिता गर्दै आएका श्याम बस्नेत, वरिष्ठ पत्रकार देबेन्द्र चुडाल , लोकतान्त्रिक छापामाध्यम राष्ट्रिय संजालका अध्यक्ष दामोदरप्रसाद दवाडी, प्रेस काउन्सिल सदस्य इश्वरीप्रसाद ओझा , त्रिभुवन विश्वविद्यालयका प्राध्यापक चिरञ्जीवी खनाल प्रेस काउन्सिल नेपालका सदस्य एवं काठमाडौ शाखाकापूर्व अध्यक्ष गोबिन्दप्रसाद चौलागाईंलगायतले पत्रकार आचारसंहिता सम्बन्धी आ–आफ्नो धारणा राख्नुभएको थियो ।

कार्यक्रम नेपाल पत्रकार महासङ्घ काठमाडौ शाखाका अध्यक्ष शन्तराम बिडारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन कार्यक्रम नेपाल पत्रकार महासङ्घ काठमाडौ शाखाका सचिव मोहन पन्तले गर्नुभएको थियो ।

प्रतिक्रिया