मोरङको कानेपोखरी गाउपालिका वडा नम्वर ७ को कानेपोखरी चौकमा खानेपानी ट्याङ्की बन्ने भएको छ ।

इनेप्लिज २०७५ पुष १८ गते २:०७ मा प्रकाशित

सो खानेपानी आयोजनाको सिल्यान्यास गर्दै प्रदेश नं. १ क मोरङ क्षेत्र नं. ३ क का प्रदेश सभा सदस्य सुयर्माराज राईले २०७२ सालको महा भुकम्पको असर र स्थानिय प्राकृतिक स्रोत साधनको चरम दोहनका कारण पानीका मुहानहरु सुक्दै गईरहेको अवस्थामा पानीको स्रोतको रुपमा गाडिएका ट्युवेलहरु बाट पानी सुक्दै जाने क्रम बढ्दै गएपछि जनतामा स्वच्छ र स्वास्थ्य खानेपानीको पहुँच पु¥याउने उदे्श्यका साथमा सो खानेपानी योजनाको व्यावस्था गरिएको बताए ।

शिल्यान्यास कार्यक्रमका प्रमुख अथिति राईले जनता विकाशको भोका रहेकाले जनताको जन चाहान अनुसारको दिगो विकाश र समृद्घ नेपाल सुखी नेपाली को महत्वकाक्षी योजनालाई पुरा गर्न आफुले आप्mनो ठाउँ बाट खेल्नु पर्ने समपुर्ण भुमिका निर्भाह गर्न तयार रहेको उनले बताए ।

संघिय सरकारको ४२ लाख र प्रदेश सरकारको १ करोड रुपैयाको लागतमा आर्थिक वर्ष २०७५÷७६ मा योजना समपन्न गर्ने गरि कार्ययोजना तयार भएको सो खानेपानी आयोजना तथा सरसफाई समितिका अध्यक्ष मान बहादुर चौहानले बताएका छन् ।

आर्थिक वर्षको अन्त्य सम्ममा २ लाख ५० हजार क्षमताको ओभरहेड ट्याङ्कीको निर्माण गरि पालीकाका वडा नम्वर ५ र ७ का ५ सय ५० घरधुरी का जनताले सो खानेपानी को प्रतक्ष्य लाभ लिन सक्ने भएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय विराटनगरका प्रतिनिधी रुद्र घिमिरेले वताए । सो योजना क्रमागत रुपमा विकाश गरिदै लगिने समेत घिमिरेले बताए ।

प्रतिक्रिया