नयाँ वर्षका प्रतिज्ञा ४६ प्रतिसत मानिसको मात्र प्रतिज्ञा पुरा

यादव राज जोशी २०७५ पुष १७ गते १९:४४ मा प्रकाशित

सन् २०१९ संघारमा छ । मानिसहरु नयाँ वर्ष मनाउनमा व्यस्त छन् । नयाँ वर्षले सबैमा नयाँ उत्साह सञ्चार गर्छ । मानिसहरु नयाँ वर्षमा विभिन्न प्रतिज्ञा गर्छन । आज हामी यिनै प्रतिज्ञाका बारेमा कुरा गर्ने छौं ।

मानिस सधै स्वस्थ्य, खुसी र सम्पन्न हुन चाहन्छ । प्रायः नयाँ वर्षका प्रतिज्ञा पनि तिनै हुन्छन् । जस्तै चुरोट, जाँड रक्सी छाडने छु, जवन घटाउने छु, धेरै पैसा बचत गर्ने छु आदी आदी । विगत दुई दशकदेखि नयाँ वर्षमा गरिने प्रतिज्ञामा केही समानता छ । प्रायः मानिसहरुले नयाँ वर्षमा गर्ने दश प्रतिज्ञा निम्न छन्ः
१. ब्यायम गर्ने (३८ %)
२. वजन घटाउने (३३%)
३. जीवनलाई व्यवस्थित बनाउने (३२%)
४. नयाँ शीप सिक्ने (१५%)
५. उत्साहपूर्ण जीवन जिउने (१५%)
६. धेरै पैसा कमाउने वा बचत गर्ने (१२%)
७. जाँड, रक्सी वा चुरोट छाडने (१२%)
८. परिवारलाई समय दिने (१२%)
९. यात्रा गर्ने (९%)
१०. पढने (१%)

नयाँ वर्षको प्रतिज्ञाले जीवनमा समारात्मक परिवर्तन ल्याउन । मानिसले प्रतिज्ञा पुरा गर्न कठिन मेहनत पनि गरेका हुन्छन् तर आधाभन्दा कम मानिसले मात्र प्रतिज्ञा पुरा गर्छन । क्लिनिकल साईकोलोजीको अध्ययन अनुसार, केवल ४६ प्रतिसत मानिसले आफ्नो प्रतिज्ञा पुरा गर्छन । मानिसले किन प्रतिज्ञा पुरा गर्न सक्दैनन् भन्ने बारेमा अनेकन बहश छन् । हामी यहाँ नयाँ वर्षको प्रतिज्ञा पुरा गर्न के कस्तो तयारी गर्नु पर्छ त्यस बारेमा चर्चा गर्नेछौ ।

मानसिकरुपमा तयार हुनुहोस् । बानी अर्थात आचारबिचारमा परिवर्तन ल्याउनु निकै गाह्रो काम हो । तसर्थ तपाई परिवर्तनका लागि मानसिकरुपमा तयार हुनु अत्यावश्यक छ । यदि परिवर्तन नै चाहनु भएको हो भने तत्काल ठूलो परिवर्तनको आशा नगर्नुस । परिवर्तन निरन्तर तर ढिलो हुनुपर्छ । सधै सकारात्मक बन्नुस र प्रतिज्ञालाई चरण चरणमा विभाजन गर्नुस ।

जस्तै २०१९ मा तपाई चुरोट छाडन चाहनु हुन्छ । हाल तपाई दैनिक २० खिल्ली चुरोट खानुहुन्छ भने पहिलो तीन महिनामा १० खिल्लीमा झार्ने योजना बनाउनु होस । अर्को तीन महिना खानापछि ३ वा ४ पटक मात्र चुरोट खाने गर्नुस । खानापछि अम्मल धेरैलाई अत्यावश्यक हुन्छ । योजनामा दृढं रहनुहोस । अर्को तीन महिना बिहान र रातीको खानापछि २ पटक मात्र चुरोट पिउनुहोस । यस्ले तपाईमा निकोटिन लिने बानी बिस्तारै कम गर्छ । तपाई मानसिकरुपमा सबल हुनुहुन्छ भने एक वर्षमा चुरोट छाडन पनि सक्नु हुन्छ । स्मरण रहोस सुर्ति चुरोट छाडनु सजिलो छैन । केवल ४ प्रतिसत मानिसले मात्र सुर्ति, चुरोट, जाँड रक्सी छाडने प्रतिज्ञा पुरा गरेका छन् ।

प्रेरणाको स्रोत खोज्नुस । प्रतिज्ञा पुरा गर्न प्रेरणाले महत्वपूर्ण भुमिका खेल्छ तसर्थ ति स्रोत खोज्नुस जसले तपाईलाई आफ्नो प्रतिज्ञा याद गराई रहोस र विचलन हुन नदिओस । तपाईको प्रतिज्ञा तपाई, तपाईको परिवार र तपाईका आफ्नाको लागि जति महत्वपूर्ण छ वा छ भन्ने तपाई ठान्नु हुन्छ तपाई त्यत्ति नै प्रतिवद्ध हुनुहुन्छ । त्यसकारण प्रतिज्ञा पुरा गर्ने दायित्वलाई आफु र परिवारप्रतिको जिम्मेवारी वा मायासंग जोडनु होस ।

प्रतिज्ञा व्यवस्थापन गर्न सकिने गर्नुस । मानिसहरु व्यवस्थापन गर्नै नसकिने गरी प्रतिज्ञा गर्छन र ति प्रतिज्ञा पुरा हुदैनन् । त्यसैले बहकिएर वा भावनामा कुनै प्रतिज्ञा नगर्नुस । जस्तै तपाई चुरोटको अम्मली हुनुहुन्छ र जनवरी १ देखि चुरोट खाँदिन भन्ने प्रतिज्ञा गर्नुभयो । दुई तीन दिन चुरोट पनि खानु भएन । तर चौथो वा पाँचौ दिन एक खिल्ली खानु भयो । अब दिनमा एक दुई खिल्ली खानु पर्ला भन्ने सोच्नु भयो । यो सम्भव छैन । तपाई फेरी अम्मलमा फस्नु भयो । निकोटिन बिस्तारै कम गर्दै लैजाने कुरा हो, तपाईले यो मूल कुरा भुल्नु भयो । (सुर्ति, चुरोट वा जाँड रक्सी छाडने योजना कसरी बनाउने माथि हेर्नुस) ।

प्रगति मापन गर्न सकिने प्रतिज्ञा गर्नुस । मानौ तपाई वजन घटाउने प्रतिज्ञा गर्नु भयो । कति घटाउने कहिलेसम्ममा घटाउने भन्ने योजना छैन भने तपाई असफल हुने निस्चित छ । तसर्थ १० किलोग्राम वजन ६ महिनामा घटाउने छु । यसका लागि जिम जानेछु, सात्विक खाना खानेछु आदि जस्ता योजना तपाईमा हुनु पर्छ । घनचक्कर प्रतिज्ञा नगर्नु नै बेस ।

प्रतिज्ञालाई ससाना इकाईमा बाडनुहोस । उदाहरणका लागि तपाईले सन् २०१९ मा सात देश घुम्ने प्रतिज्ञा गर्नु भएको छ । प्रतिज्ञा त्यसै फलिभुत त हुदैन । पैसा चाहियो । पैसा अनुसार घुम्ने देश चयन गर्न सकिन्छ । त्यसैले यति बचत भए यो देश जाने न भए त्यो देश जाने भन्ने योजना तपाईसंग हुनुपर्छ । किनकीः यो प्रतिज्ञासंग तपाईले नगरेको अर्को प्रतिज्ञा पनि जोडिएको छ, आम्दानी र बचत । बचतले नै तपाईलाई यस्तो प्रतिज्ञा पुरा गर्न सहयोग गर्छ ।

प्रतिज्ञा अरुसंग सेयर गर्नुस । प्रतिज्ञा अरुसंग सेयर गर्नु भयो भने सोसंग जोडिएकाको डर, लाज वा मायाले तपाईलाई प्रतिज्ञा पुरा गर्न घच्घचाई रहन्छ । तपाई एक्लै प्रतिज्ञा गर्नु भयो, कसैलाई थाहा छैन भने यस्ता प्रतिज्ञा ९८ प्रतिसत मर्ने गर्छन । एकै प्रकारका प्रतिज्ञा भएकाबीचको सरसल्लाह र अनुभव सेयर पनि अत्यावश्यक छ ।

असफल हुनु भयो केही छैन । मानिसको आचारबिचार परिवर्तन कठिन काम हो । तपाई आफ्नो प्रतिज्ञा पुरा गर्न सफल हुनुभएन, केही छैन । महत्वपूर्ण कुरा तपाई कति इमान्दार हुनु भयो भन्ने हो । नयाँ वर्षका प्रतिज्ञा मध्ये ४६ प्रतिसत मात्र पुरा हुनेगरेको ईतिहास हामीसंग छ । तपाईको असफलता ठूलो कुरा होईन । तपाई अर्को वर्ष कसरी सुरु गर्नु हुन्छ भन्ने कुरा ठूलो हो । तसर्थ नयाँ वर्षमा प्रतिज्ञा गर्दा पुर्ण इमान्दार भई योजनासहित प्रतिज्ञा गर्नु भयो भने अवश्य सफल हुनु हुनेछ ।

नयाँ वर्ष २०१९ सफल होस, शुभकामना !

स्रोतः एजेन्सीहरु

प्रतिक्रिया