मंगलबार, साउन २४ २०७९
काठमाडौं १३:४८
वासिङटन डिसी 04:03

डिसीमा सरकारले खोसेको तमु ल्होछारको सार्वजनिक बिदा पुन:फिर्ता गर्नु पर्ने जोडदार माँग (तस्बिर तथा श्रब्य दृश्य सहित )

मिस नेपाल नर्थ अमेरिका कि बिजेता मोनिका घले तथा गायिका अन्जना गुरुङ सम्मानित

विजय थापा २०७५ पुष १७ गते १४:५३ मा प्रकाशित

अमेरिकाको डीसी महानगर क्षेत्रमा सम्पन्न तमु ल्होछार पर्वमा सरकारले खोसेको तमु ल्होछार पर्वको सार्वजनिक बिदा पुन:फिर्ता गर्नु पर्ने जोडदार माँग भएको छ । गत पौष १५ का दिन आयोजना भएको तमु ल्होछार पर्वमा गुरुङ समुदाय द्वारा उक्त माँग जोडदार रुपमा सरकारका प्रतिनिधि समक्ष राखिएको छ ।

आफ्नै भाषाको गीतमा नृत्य गर्दै अमेरिकाका गुरूङ समुदायले मनाए

डिसीमा ग्रेटर वाशिंगटन तमु समाजको ल्होछार पर्वमा न्यु योर्क बाट पाल्नु भएका तमु परिवार को ऐतिहासिक घाटु नाच प्रस्तुति

Posted by Enepalese on Monday, December 31, 2018

साथै उक्त पर्वमा सरकारले गुरुङहरुको महान पर्वमा प्रदान गरेको सार्वजनिक रुपमा दिएको बिदा हटाएकोमा दुख व्यक्त गरेको छ । र उक्त पर्वमा नेपाल सरकारको प्रतिनिधिका रुपमा प्रमुख अतिथि रहनु भएका अमेरिकाका लागि नेपाली राजदुत डा अर्जुन कुमार कार्की( बिद्या वारिधि ) तथा साथै निजि भ्रमणमा रहनु भएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य तथा बाग्लुङ्ग क्षेत्र संख्या २ का सांसद देवेन्द्र पौडेल संग उक्त माग्न राखिएको हो ।

अमेरिकामा जन्मेका नेपाली बालिकाहरुको नृत्य- माया लुकि लुकि

अमेरिकामा जन्मेका बालिकाहरुको नेपाली गाना माया लुकि लुकिमा उनिहरुको प्रस्तुति :

Posted by Enepalese on Sunday, December 30, 2018

दुवैलाई यसको पहल गरि दिन समेत आग्रह गरिएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य तथा बाग्लुङ्ग क्षेत्र संख्या २ का सांसद देवेन्द्र पौडेलले उक्त कुरा जोडदार रुपमा आफूले कुरा सम्बन्धित स्थानमा पुर्याउने बताउनु भयो ।

उक्त जोडदार मांग ग्रेटर वाशिंगटन तमु समाजका पूर्व अध्यक्ष तथा तमु ल्होछार पर्व २०१८ मूल आयोजक समितिक संयोजक नन्द कुमार गुरुङ, अध्यक्ष सुरेन्द्र गुरुङ तथा समाजका सल्लाहकार नेत्र गुरुङले आफ्नो समाज तथा अमेरिकाका सम्पूर्ण समाजको तर्फबाट उक्त उठाउनु भएको थियो ।

डिसीबाट ग्रेटर वासिगंटन तमु समाजको ल्होछार पर्वको प्रत्यक्ष प्रसारण : विजय थापा

Posted by Enepalese on Monday, December 31, 2018

हरेक बर्ष पौष १५ कै दिन ल्होछार पर्व मनाउदै आएको उक्त पर्वमा मिस नेपाल नर्थ अमेरिका २०१८ कि बिजेता मोनिका घले तथा चर्चित गायिका अन्जना गुरुङलाई सम्मान गरिएको थियो ।

कार्यक्रम बीच प्रसिद्ध गायक बिन्ति कुमार गुरुङको सिडी बिमोचन पनि गरिएको थियो । उक्त कार्यकम मै भर्जिनियाको हर्नडन शहर बाट हर्नडन नगर पालिकाको नगर परिषद परिसद सदस्यमा बिजयी हुनु भएको प्रदिप ढकाललाई पनि प्रमुख अतिथि राजदुत कार्कीले खादा ओढाएर सम्मान गर्नु भएको थियो ।

प्रमुख अतिथि राजदुत कार्की तथा बिशेष अतिथि देबेन्द्र पौडेलले शुभकामना सहित ल्होछार पर्वको बारेमा बोल्नु भएको थियो । ल्होछार पर्वको सभापतित्व सुरेन्द्र गुरुङले गर्नु भएको थियो ।

औपचारिक कार्यक्रम पश्च्यात अन्जना गुरुङ लगायत स्थानीय कलाकारहरु द्वारा बिभिन्न प्रस्तुति गरिएको थियो । उक्त कार्यकममा न्यू योर्क तमु परिवारले प्रस्तुत गरेको घाटु नृत्य आकर्षित रहेको थियो ।

नेपालका राष्ट्रियस्तरका कलाकारहरुको प्रस्तुतिको साथै अमेरिकामा जन्मेका दोश्रो पुस्ताको नेपाली गीतमा केसी डान्स सेन्टरका बिधार्थी लगायत स्थानीय कलाकारहरुले बेजोड प्रस्तुति रहेको थियो । कार्यक्रममा ससाना बालबालिका देखि ८० बर्ष सम्मका जेष्ठ नागरिकहरुले नेपाली दौरा सुरुवाल तथा गुरुङ जातिका पोशाक लगाएर सहभागिता जनाएका थिए ।

प्रतिक्रिया