शुभकामना तिमीलाई मनैदेखि

यादवराज जोशी २०७५ पुष १६ गते २३:०७ मा प्रकाशित


नयाँ वर्ष अब आगनमै आयो
दुःख कष्ट पिडा सबै भुलायो

मलाई यो वर्ष पिडादायी रह्यो
अनेकन उतारचढाव र दुःखदर्द ल्यायो

नयाँ वर्ष आएको छ नयाँ आशा लिएर
आशा गरौ यो वर्ष बाँच्ने छौ हासेर

सबै सपना हुने छन् पुरा
मौलाउने छन् माया र शान्ति अधुरा

विश्वमा फैलनेछ शान्ति र भाईचरा
हास्नेछ गगन खुलेर पुरा

सुन्ने छन् सबले उन्नतिको गाथा
लेखिनेछ राजा रंक सबको नौलो कथा

शासकहरु हुनेछन दयालु र शान्त
हुने छैन विश्व कहिल्यै अशान्त

रमाउ नयाँ वर्षमा सोची नयाँ
सिकौ जीवनकला नलजाई कोई

नयाँ वर्ष २०१९ होस साच्चै नयाँ
नरहोस दुःख, कष्ट र डरको छाया

शुभकामना छ तिमीलाई मनैदेखि
छरेर माया प्रेम शान्तिसंग बाँच साथी

प्रतिक्रिया