निर्मलाको हत्यारा भनि प्रहरीले दियो यति सम्मको यातना,मारदिन्छु सम्मको धम्की।

इनेप्लिज २०७५ पुष १५ गते १०:५९ मा प्रकाशित

निर्मला हत्याको आरोपमा गिरफ्तार गरिएका दुई किसोर प्रदिप रावल र विशाल चौधरीलाई सत्र दिन हिरासत मा राखेर रिहाइ गरे सगै दुई किसोर मिडिया सामु उपस्थित भएका छन । प्रहरीले कठोर यातना दिएर निर्दोष आफुहरुलाई दोसि प्रमाणित गर्न खोजे पनि अन्तत सत्यको अगाडि प्रहरी अत्याचार को केही नलागेकोले आफुहरु रिहाइ भएको उनिहरुले बताएका छ्न । प्रतिप र बिसाललाई अनुसन्धान का नाम मा प्रहरीले सारिरिक ,मानसिक , र विभिन्न प्रलोभनका सबै हत्कण्डा अपनाएको विषय पनि उनिहरुलाइ रिहाइ गरेसगै बाहिर आएको छ । पछिल्लो समय विशाल चौधरी भने मानसिक रुपमा समेत बिछिप्त भएको र टिचिङ अस्पताल को मानसिक उपचार केन्द्रमा उन्को उपचार भै रहेको छ । विशाल को उपचार गराउन कन्चन पुरबाट आएकी विशाल कि फुपुले विशाल मानसिक रुपमा केही सुस्त देखिन थालेकोले उपचार सुरु गरिएको बताएकि छ्न ।

विशाल एकोहोरो हेरिरहने ,त्यति धेरै बोल्न नचाहने ,७लदकउस रातको समय तर्सने , ननिदाउने र बेलाबेला बरबराउने र बेहोसीमै रातमा घर बाहिर निस्कने जस्ता सारिरिक समस्या देखिएको बताइएको छ । विशाल र प्रदिपले निर्मलाको बलात्कार मा ठुलै ओहदाको वा कोहि पुजिपती मानिसकै हात भएको दाबी समेत गरेका छन। निर्मलाले न्याय पाउनै पर्छ भन्नेमा आफुहरु रहेको तर७लदकउस सारा जनताले निर्मलाको पछ्यमा आवाज उठाउन नसक्ने हो भने न्याय पाउने सम्भावना नभएको समेत बताएका छ्न । उनिहरु माथी प्रहरिले अमानवीय तरिकाले बर्बर यातना दिएकोले न्यायका निम्ति यातना दिने प्रहरी बिरुद्ध मानव अधिकार आयोग र अदालत जाने तयारी गरिरहेको समेत उल्लेख गरे । उनिहरुलाई हत्या आरोपमा प्रहरिले सत्र दिन सम्म हिरासतमा राखेर यातनादिइ अन्तमा निर्दोस रहेको भन्दै रिहा गरेको थियो ।

प्रतिक्रिया