चितवनको कालिकामा ३ दिने सहकारी व्यवस्थापन तालिम सम्पन्न

शिशिर सिंखडा २०७५ पुष १४ गते ५:०९ मा प्रकाशित

पूर्वी चितवनको कालिका नगरपालिका वडा नं. १ लंकालाइनमा संचालित शहरी बजार विकास कार्यक्रम अन्तर्गत ३ दिने सहकारी व्यवस्थापन तालिम सम्पन्न भएको छ । जिल्ला सहकारी संघ लिमिटेड चितवनको आयोजना र नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय तथा यूएनडीपीको सहयोगमा आयोजित तालिममा जुटपानी गरिबी निवारण साना किसान कृषि सहकारी संस्था र गंगोत्री कृषि सहकारी संस्थाका पदाधिकारी एवम् सदस्य सहित ५० जनाको सहभागिता रहेको थियो ।

जिल्ला संघका अध्यक्ष टिकाराम भट्टराईको अध्यक्षतामा भएको समापन कार्यक्रमका प्रमुख अतिथि कालिका नगरपालिकाका नगर प्रमुख खुमनारायण श्रेष्ठ, वडा नं. ६ का वडा अध्यक्ष बिनोद रेग्मी, जुटपानी गरिबी निवारण साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष सुदर्शन अधिकारी, गंगोत्री कृषि सहकारी संस्थाका अध्यक्ष कमल लामिछाने, जिल्ला सहकारी संघका व्यवस्थापक बिनोद खतिवडा, सहभागीहरुको तर्फबाट कविता लामिछाने र आशा वाईबाले मन्तव्य राखेका थिए । सो तालिममा प्रशिक्षकहरु शान्ति अधिकारी, रामहरि दाहाल, पुष्पराज राना र पूर्णमाया अधिकारीले प्रशिक्षण दिएका थिए ।

प्रतिक्रिया