तमु ल्होछार कार्यक्रमको तयारी पुरा

इनेप्लिज २०७५ पुष १३ गते २२:४६ मा प्रकाशित

डिसेम्बर ३० तारिखका दिन भर्जिनिया स्थित हर्नडन सामुदायिक केन्द्रमा हुन् गई रहेको तमु ल्होछार कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएका छन् । ग्रेटर वाशिंगटन तमु समाजका अध्यक्ष सुरेन्द्र गुरुङको अध्यक्षतामा ल्होछार मूल आयोजक समितिक संयोजक नन्द कुमार गुरुङको भर्जिनियाको आसर्बन स्थित निवासमा बसेको बैठकले उक्त जानकारी गराएको हो ।

साथै उक्त बैठकले विभिन्न निर्णयहरु गर्नुका साथै सम्पूर्ण गुरुङ (तमु) लगायत नेपाली दाजुभाई दिदीबहिनीहरुमा तमु ल्होछार( पौष १५ ) को अग्रिम शुभकामना दिदै स -परिवार ल्होछार कार्यक्रममा सहभागी हुनका लागि निमन्त्रणा गरेको छ ।

उक्त कार्यक्रममा समाजले चर्चित गायिका अन्जना गुरुङ र केहि समय अगाडी मिस नेपाल नर्थ अमेरिका २०१८ कि बिजेता मोनिका घले लाई सम्मान गर्ने कार्यक्रम रहेको कुरा संयोजक नन्द कुमार गुरुङले जानकारी गराएका छन् ।

प्रतिक्रिया