उमा कुङफु टोली थाइल्याण्ड प्रस्थान

इनेप्लिज २०७५ पुष ११ गते १२:१० मा प्रकाशित
काठमाडौँ,  पुस ११ गते । सातौं विश्व कुङफु च्याम्पियनसिपमा सहभागी हुन नेपाली उमा कुङफु टोली आज थाइल्याण्डको फुकेट प्रस्थान गरेको छ ।
 
यही पुस १३ देखि १८ गतेसम्म हुने प्रतियोगितामा नौ खेलाडीले विभिन्न स्पर्धामा नेपालको चुनौती पेश गर्नेछन् । अन्तर्राष्ट्रिय कुङफु महासङ्घ (आइकेएफएफ) को आयोजनामा हुने प्रतियोगितामा कमल मगर, चिराग पौडेल, आयुव घिमिरे, अरायोन राई, सन्र्दौय गुरुङ, जीवन गुरुङ, गोविन गुरुङ, सुनबहादुर तामाङ र सियाङ तामाङले प्रतिस्पर्धा गर्नेछन् ।
 
नेपाल उमा कुङफु सङ्घका अध्यक्ष सिद्धार्थ लामा तामाङको नेतृत्वमा जाने टोलीको प्रशिक्षकमा सुकमान लामा, व्यवस्थापकमा भूपेन्द्र गुरुङ तथा अफिसियलमा रमेश महर्जन र मोतीप्रसाद अधिकारी छन् । अध्यक्ष लामाले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्नुका साथै प्रतियोगिता दौरान हुने आठौं अन्तर्राष्ट्रिय उसु कल्चर एक्सचेन्ज कन्फ्रेन्समा पनि सहभागिता जनाउने छन् । अध्यक्ष लामा आइकेएफएफ नेपाल च्याप्टरका अध्यक्ष समेत हुन् ।
 
टोलीलाई नेपाल उमा कुङफु सङ्घका उपाध्यक्ष, अन्तर्राष्ट्रिय निर्णायक एवं आइकेएफएफ नेपाल च्याप्टरका महासचिव सञ्जीतकुमार राई र उपाध्यक्ष एवं अन्तर्राष्ट्रिय स्वर्ण विजेता मुन्नी सुवेदीले आजै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्नुभयो ।

प्रतिक्रिया