एक्सपर्ट महोत्वसमा सहभागी हुन क्रिकेट खेलाडी अष्ट्रेलियातर्फ
काठमाडौँ, पुस ९ गते । अष्ट्रेलियाको विभिन्न शहरमा हुने एक्सपर्ट महोत्वसमा सहभागी हुन राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का, दीपेन्द्र सिंह ऐरी र सुवास प्रधान त्यसतर्फ जाने भएका छन् ।
एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसेसको आयोजना तथा नेपालय इन्टरनेशनलको व्यवस्थापनमा हुने उक्त महोत्सवमा नेपाली क्रिकेट टोलीले अष्ट्रेलियामा रहेका क्रिकेट समर्थक र खेलाडीसँग अन्तक्र्रिया गर्नाका साथै खेल गतिविधि आयोजना गरिने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नेपालय इन्टरनेशनलका प्रबन्ध निर्देशक सुवास प्रधानले जानकारी दिनुभयो ।
उक्त महोत्सव यही पुस १५ गते मेलबर्न, २१ र २२ गते सिड्नी, २६ गते ब्रिसबेन तथा २८ गते एडिलेडमा कार्यक्रममा हुनेछ । एडिलेडमा हुने कार्यक्रममा भने नेपालका तीन खेलाडीसहित अष्ट्रेलियाका विभिन्न क्लबको खेलाडीसँग टि ट्वेन्टी सिरिजको क्रिकेट प्रतियोगितासमेत हुनेछ ।
‘सबै मिलेर नेपाली क्रिकेटको प्रवद्र्धन गरौँ’ भन्ने मूल नारा रहेको उक्त महोत्सवमा अष्ट्रेलियमा रहेका अन्य खेलाडीसँग पनि क्रिकेट खेलबारे छलफल गरिने आयोजकले जनाएको छ ।
राष्ट्रिय क्रिकेट टोलीका कप्तान खड्काले यस किसिमको महोत्सवले क्रिकेट खेलको विकास हुनाका साथै खेलाडीमा समेत हौसला मिल्ने बताउनुभयो । एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसेको ब्राण्ड एम्बेस्डरसमेत रहनुभएका कप्तान खड्कासहितको तीन सदस्य टोली आज राति अष्ट्रेलिया प्रस्थान गर्दैछ
बाल्टिमोरको गोर्खाली फुटबल क्लबको आधिकारिक जर्सी (गन्जी)अनावरण कार्यक्रम सम्पन्न
अमेरिकाको डिसी क्षेत्रमा आयोजना हुने दशैँ–तिहार महोत्सव २०२२ मा १९७४ एडीका गायक एड्रियन प्रधानको प्रस्तुति हुने
अमेरिकामा गौरा प्रर्दशनी हुने
मगर संघ अमेरिकाको आठौं साधारणसभा सम्पन्न ,आपतकालीन राहत कोषको घोषणा
एचडिएनपी अन्तर्राष्ट्रियले कोषवृद्धि बार्षिक गाला कार्यक्रम गर्दै
प्रतिक्रिया