चित्र त यस्तो हुनु पर्छ

यादवराज जोशी २०७५ पुष ७ गते १२:०४ मा प्रकाशित

आजकल म
कालो पटमा कालै चित्र कोर्छु
अनि दंग पर्छू
वाह क्या गज्जबको चित्र
मेरो कल्पनासंग ठ्याक्कै मिल्ने
जे कल्पना गरे नि हुने
चित्र त यस्तो हुनु पर्छ
कालो
कालो पटमा सेतो रेखा कोर्न छाडेको धेरै भो
मलाई ति सेता रेखा
सधै सिधा लाग्छन
समानान्तर सिधा रेखा
न कुनै चित्र
न कुनै कल्पना
म रंगमा खेल्न मनपराउदिन
रंगहरु मलाई वाहिहात लाग्छन
केही जोगी जस्ता
केही पागल प्रेमी जस्ता
केही भुत
केही किचकन्नी जस्ता
म रंगसंग खेल्न छाडी सके
म रमाउछु केवल
कालो पटमा
कालो रंग पोतेर
कालो कल्पनामा
अनि
मेरो कालो कल्पना खस्छ
ब्ल्याक होलमा

हराउछ अनन्तसम्म
म संगै

यादवराज जोशी (समीर जोशी)
डिसेम्बर २२, २०१८

प्रतिक्रिया