बाक्लो हुस्सुले जनजीवन प्रभावित

सञ्जय साह मित्र २०७५ पुष ४ गते २२:३३ मा प्रकाशित

बाक्लो हुस्सुले जनजीवन प्रभावित भएको देखिएको छ । रौतहट, सर्लाही र बारा लगायतको जिल्लामा बुधवार बिहानैदेखि बाक्लो हुस्सु देखिएको हो । घाम अलिकति पनि लागेको छैन । कतै पाँच मिटर त कतै बढीमा बीस मिटरसम्म मात्र सडक देखिने अवस्था रहेको छ । अत्यधिक जाडो भएपछि विद्यालय तथा क्याम्पसमा विद्यार्थीको उपस्थिति कम भएको छ ।

गत २ गतेदेखि घाम नलागेर जनजीवन प्रभावित भएको अवस्थामा बाक्लो हुस्सुले झन् समस्या बढाइदिएको छ । अत्यधिक चिसोले जनजीवन प्रभावित भएको छ । यातायात संचालनमा निकै कठिनाइ आएको छ । अत्यधिक चिसोका कारण मोटरसाइकल चलाउनेको संख्या पनि कम भएको छ भने सार्वजनिक यातायातमा पनि सबारीको चाप कम भएको छ । ग्रामीण क्षेत्रका सर्वसाधारण भने घुरको चारैतिर बसेर समय कटाउन बाध्य भएका छन् ।
अत्यधिक चिसो बढेकाले चिकित्सकहरुले सावधानी अपनाउन सुझाव दिएका छन् ।

सञ्जय साह मित्र

पत्रकार/लेखक

प्रतिक्रिया