‘रक्षक नै भक्षक’ भयो अहिलेको सरकार । (भिडियो सहित)

इनेप्लिज २०७५ पुष ३ गते १२:१६ मा प्रकाशित

विश्व हिन्दु महासघ को महासचिव अस्मिता भण्डारीले उत्तर प्रदेश भारतका मुख्य मन्त्री योगि आदित्य नाथको जनकपुर भ्रमण बिसुद्द धार्मिक र सास्कृतिक भ्रमण भएको उल्लेख गर्नु भएको छ । पछिल्लो समय नेपालमा भएको इसाइ धर्म प्रचारक सस्था युनिभर्सल पिस फेडेरेसनले आयोजना गरेको एसिया प्यासिफिक सम्मेलन लगत्तै भएको हिन्दु बादी नेता योगि आदित्य नाथको भ्रमणले के संदेश दिन खोजिएको हो भन्ने पत्रकार को प्रश्न मा महासचिव भण्डारीले इसाइ प्रचारकको एसिया सम्मेलन सग जोडेर योगि को भ्रमणलाई हेर्न नहुने बताउनु भएको छ ।

यो नेपाल भारत बिचको ऎतिहासिक धार्मिक र सास्कृतिक साझा महत्वको विषय भएकोले चलिआएको सम्बन्ध को निरन्तरता भएको ले यो डलरमा बिकेका फिरन्ते दलाल सग कुनै पनि प्रकारको तुलनात्मक विश्लेषण असोभनिय हुने उल्लेख गर्नु भएको छ । एभरेस्ट नेपाल सगको कुराकानी कै क्रममा नेपाल सरकार स्वयम इसाइ धर्म प्रचारमा सरिक भएर देश को राष्ट्रियता र हिन्दु पहिचान माथी नै नाङ्गो आक्रमण गर्न थालेपछी राष्ट्र धर्म रक्षा का निम्ति सस्त्र अस्त्र पनि न्यायको सहारा बन्न सक्ने तर्फ सङ्केत गर्नु भएको छ । मुलुकका रक्षक नै भक्षक भएपछी अब न्यायको निम्ति आफै लड्न तयार नहुनु नेपाली हिन्दुको अर्को अपराध हुने भएको ले विश्व हिन्दु महासघ असी प्रतिसत हिन्दुलाइ संघठित गर्ने कुरामा सक्रिय रहेको समेत बताउनु भएको छ । नेपालका नेताहरु देश बेच्ने ,जनता लुटेर खाने ,भ्रस्टाचार गर्ने ,अपराधी को संरक्षक बन्ने र इसाइहरुको दिसापिसाब ले चोखिने र इसाइ प्रचारमा लाग्न थालेकाले हिन्दु धर्म राष्ट्रको अभिभावक राजा मात्र बन्न सक्ने सत्य अब जनताले बुझ्दै लगेको ले हिन्दु राष्ट्र र राजतन्त्र एकसाथ कायम हुने कुरा स्पष्ट गर्नु भएको छ ।

प्रतिक्रिया