जिवनको अन्तिम अवस्था सम्म पनि रंगकर्म मै रहन्र्छु : शंकर अधिकारी घायल

इनेप्लिज २०७५ पुष ३ गते १२:०८ मा प्रकाशित

नेपाली चलचित्र लेखन तथा निर्देशन एवम संगीत क्षेत्रमा सिम्पल सिम्पल कान्छिको ,मेरि बास्सै जस्ता हजारौ लोकप्रिय गीतका सर्जक तथा दजनौ चलचित्रका गीतहरुमा आफना शब्द दिइसकेका सफल रंगं कर्मी हुन । शंकर अधिकारी घायल बिगत २ दशक देखी नेपाली कलाकारिता क्षेत्रमा नयाँ जोस र जागँरका साथ आएका उनि मनमा आटँ र काममा लगनशिलता भएको खण्डमा सवैले जुनसुकै क्षेत्रमा अब्बल स्थानमा पुग्न सकिने बताउँछन ।

समाजको परिवर्तन गर्न मुख्य भुमिका र समाजको ऐना बन्ने माध्यम चलचित्र भएकाले पनि आफुले यस क्षेत्रमा निरन्तर रुपमा लागेको उनले बताए । गीत लेख्दा लेख्दै उनमा चलचित्र लेखनमा पाइला सारेका घायल ले पहिलो चलचित्र “ लभ इज लाइफ”चलचित्रबाट आफनो रंगमञ्चको यात्रा तय गरे । तामाङ भाषा को जाथेवा,भोजपुरी मा इ कैसन बौछार लेखे गोरे मुभी लेखे सगैँ उनमालाई चलचित्रको निर्देशनको मोहले तान्यो र त्यसमा पाइला अगाडि बढाए, कस्मिक लभ मुभी मा सयुक्क्त रुपमा निर्देशन गरे पछि एकल निर्देशनमा मदहोश चलचित्रको निर्देशन गरे । उनै सफल गीतकार तथा चलचित्र निर्देशक शंकर अधिकारी घायल सगँ सहकर्मी साथी रोशन पोखरेल ले गर्नुभएको अन्तरङ्ग कुराकानी प्रकासन गरेका छौं ।

आजकाल के गदै हुनुहुन्छ ?

म आज भोली मेरो नयाँ चलचित्र ” मदहोश“ को पोष्ट प्रोडक्सनको काममा नै लागी रहेको । जुन चलचित्र लार्ई सर्वोकृष्ट बनाउनको लागी निरन्तर लागी परेको छु । साथमा विभिन्न म्युजिक भिडियोको डाइरेक्सनको काममा पनि ब्यस्त रहेको छु ।

कलाकारितामा धेरै क्षेत्रहरु छन तरपनि तपाई निर्देशनमा नै चै कसरी प्रवेश गनुभयो नी ?

म सानै उमेरदेखी अलिक भिन्न काम गर्न मन पराउने मान्छे , समाजका विभिन्न घटनाक्रमलाई समेटेर कथा लेख्ने र त्यसलाई कसरी अन्य मानिस समक्ष पुयाएर आफनो कला देखाउन सकिन्छ भन्ने मनो भावना बाल्यकल देखी रहेको थियो । त्यसपछि मैले पहिलो पटक पहिलो चलचित्र “ लभ इज लाइफ”चलचित्रबाट आफनो रंगमञ्चको यात्रा शुरु गरे जुन चलचित्रको कारणबाट आज सम्म पनि यो क्षेत्रमा स्थापित भएको छु ।

खासमा चलचित्र क्षेत्रमा अनुभवी र दक्ष निर्देशक कम भै रहेको अवस्थामा यस कर्म प्रति तपाईको निर्देशन यात्रा कसरी सुरु भयो ?

अनुभवी चलचित्र निर्देशक तथा गीतकारको अभाव पक्कै पनि रहेको छ । मैले जुन समयमा यस क्षेत्रमा आफनो पाइला अगाडि बडाए पक्कै पनि त्यो समयमा निकै ग्राहो रहेको थियो । विश्वासको बातावरण बनाउन सहज थिएन । तर निरन्तरको प्रयास , सहकर्मी साथीहरुको भुमिका आम दर्शक तथा स्रोताको माया र स्नेहको कारणबाट नै मलाई यसमा स्थापित बनायो ।

आफुले गरेको काम बाट कतिको सन्तुष्ट रहनुभएको छ ?

म पुर्ण रुपमा सन्तुष्ट रहेको छु । जुन कामबाट आज मैले एउटा सफल काम गर्ने बातावरण सिर्जना पाएको छु , अग्रज निर्देशक , रंगकर्मी कलाकार गायक गायिका , सहकर्मि साथीहरुको प्रेरणा होैसला र मार्ग्निर्देशन पाएको छु , जुन कुरामा मेरो परिवारको सदस्यको पुर्ण साथ र सहयोग रहेको छ ।

समाजले तपाईलाई हेर्ने दृष्टिकोणमा के फरक पाउनुभएको छ ?

यसरी निर्देशन क्षेत्रमा अगाडि बढिरहेको अवस्थामा समाजले आफुप्रति हेर्ने दुष्टिकोणमा फरक पाएको छु , आफनो रचनालाई मन पराएर आफनो बारेमा बनेको सकारात्मक दृष्टिकोण बाट र आफुले गरेको कामबाट समाजका गतिविधीमा परेको छाप र गीत संगीतको क्षेत्रमा रहनुभएका अग्रज सष्टा तथा सहकर्मी सवैले प्रसंसा गर्दा खुशी लाग्छ ।

चलचित्र क्षेत्रको श्रीबिध्दिको लागि राज्यले कलाकारको लागी कस्तो भुमिका निर्वाह गर्नुु पर्छ ?

हेर्नुस सर्बप्रथम त हामी आफुमा सक्षम हुन पर्छ , आफुमा एक जुट हुन पर्छ ,। कलाकारिताको सम्पुर्ण बिधालाइ एकै ठाउमा समेटेर सबैलाइ सेन्सर लगाएर पास गराउन पर्छ , बिकृत पक्षलाई कारबाही गर्न हिच्किचाउनु हुदैन । गलत कुरालाई गलत भनेर सरकारले उचित कानुनी निर्णय गर्नुपर्छ ।

मिडियाको भुमिका हरु कस्तो हुनु पर्दछ ?

मिडिया भनेको राज्यको चौथो अङ्ग हो , मिडियालाई लाखौ दर्शक श्रोताले बिस्वास गर्छन , तसर्थ हाम्रालाइ होइन राम्रालाइ मात्र स्थान दिने गर्नु पर्छ , अनि नराम्रा पक्षहरु आफै बिलिन हुनेछन । त्यस कारण तपाईहरुलाई जस्तो कला र मनोरञ्जनमा क्रियाशिल भएका सेलिब्रेटिका सकारात्मक गतिविधिलाई स्रोता माझँमा पुयाएर अगाडि बढनको लागी प्रेरणा दिनुभएको छ र्हाैसला दिनुभएको छ जुन कार्य प्रंसनिय रहेको छ ।

भाग्य र कर्ममा बिस्वास बढी कुन गर्नुहुन्छ ?

म दुबैलाइ उत्तैकै बिस्वास गर्छु , कर्म गरे भाग्य ढिलो चाडो अबश्य बन्नेछ । भन्ने विचार म मा रहेको छ ।

अन्तमा हाम्रा पाठकहरुलाइ छुटेका कुरा केही भन्न चाहानु हुन्छ र तपाईहरुको आत्मीय साथ र सहयोगको लागी धेरै धेरै धन्यवाद दिन चाहन्छु , मलाई सम्पुर्ण मेरा पाठक , श्रोता , सहकर्मि साथी साथै तपाईहरुको यो मिडियाको अझ प्रगती को लागी शुभकामना दिन चाहन्छु । नेपाली गित संगित र चलचित्र लाई माया गर्नुहोला र कला क्षेत्रमा प्रवेश गरेर पनि सक्रिय रहनुभएका सवै कलाकारलाई सम्मान गर्नुहोला भन्न चाहन्छु ।

धन्यवाद हामिलाइ महत्वपूर्ण समय उपलब्ध गराइदिनु भएकोमा ।

रोशन जी तपाई लगायत तपाई क्रियाशिल मिडियालाई लाई पनि धेरै धेरै आभार प्रकट गर्दछु , मेरो मनको तिता मिठा गन्थनको पोको फुकाउने मौका दिनु भएकोमा , यो अवसरको लागी र मलाई आफना मनभित्र गुम्सिएर रहेका तितामिठा कुराहरुलाई तपाईको लोकप्रिय अनलाईन मार्फत व्यक्त गर्नुभएकोमा आभारी छु ।

शंकर अधिकारी घायल द्धारा निर्दे्शित एक म्युजिक भिडियो हेर्न तल क्लिक गर्नु होला ।

प्रतिक्रिया