ग्लाम क्यालेण्डर 2019 विमोचनको हार्दिक निमन्त्रणा !

इनेप्लिज २०७५ पुष २ गते ११:४७ मा प्रकाशित

प्रसिद्ध फेसन तथा ग्लामर फोटोग्राफर राजीव श्रेष्ठ र फोटो बैंक स्टुडियो युएसएको तर्फबाट गत वर्षहरुमा जस्तै यस वर्ष पनि ग्लाम क्यालेण्डर 2019 एक विषेश कार्यक्रमका वीच सार्वजनिक गर्न लागिएको ब्यहोरा सहर्ष जानकारी गराउन चाहन्छौं ।

राजीव श्रेष्ठ विगत ३ दशकहरुमा नेपालमा धेरै मोडेल तथा कलाकारहरुलाई आफ्नो क्यामराको माध्यमबाट सफलता र लोकप्रियताको शिखरमा पुर्याउन सफल हुनु भएको थियो भने अमेरिकामा पनि उहॉले धेरै नया मोडेलहरुलाई उनीहरुको करियर बनाउन सहयोग गर्दै आउनु भएको छ । उहॉले लामो समयदेखि नेपालमा हरेक वर्ष ग्लाम क्यालेण्डर प्रकाशित गर्दै आउनु भएको छ र अमेरिकामा पनि २०१८ सालको क्यालेण्डर प्रकाशित निकाल्नु भएको थियो ।

ग्लाम क्यालेण्डर 2019 विमोचनको यस विषेश कार्यक्रममा देहाय बमोजिमको स्थान र समयमा यहॉको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं।

Address: 19743 Frederick Rd, Germantown, MD 20876
(India Palace)
Date: Dec 23, 2018
Time: 1-3 pm sharp

प्रतिक्रिया