रौतहटमा टाटा सुमो दुर्घटना हुँदा दशजना घाइते

सञ्जय साह मित्र २०७५ पुष १ गते १४:४५ मा प्रकाशित

रौतहट÷रौतहटको चन्द्रपुर–निजगढ सडक खण्डमा टाटासुमो आइतवार दुर्घटना हुँदा दशजना घाइते भएका छन् । गौरबाट काठमाडौँको लागि जाँदै गरेका ना १ ज ३९५३ नम्बरको सुपर लालीगुराँस टाटासुमोको पछाडिको टायर निक्लेर दुर्घटना भएको हो । दुर्घटनामा काठमाडौँका ३६ वर्षीय प्रतीक्षा नेपाल, भोजपुरका २१ वर्षीय गणेश विक, गौरका १९ वर्षीय महम्मद नाजिर, गौरके ५० वर्षीय गायत्री यादव, ३६ वर्षीय प्रीतिकुमारी साह, गौर ३ का दिपु जयसवाल, वृन्दावन नपाका १२ वर्षीय जीवन चौधरी, ११ वर्षीय भुवन चौधरी, ४५ रामपरिदेवी चौधरी तथा सुमो चालक चन्द्रपुर नपा जुडिबेलाका विनय चौधरी रहेका छन् । घाइतेमध्ये रामपरि चौधरी र ११ वर्षीय भुवन चौधरीलाई थप उपचारको लागि काठमाडाँ  पठाइएको र अन्यको उपचार चन्द्रपुरमै भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रपुरका डिएसपि युवराज खड्काले जानकारी दिएका छन् ।

सञ्जय साह मित्र

पत्रकार/लेखक

प्रतिक्रिया