न्यू जर्सी राजमार्गमा ५ लाख डलरको वर्षा ,डलर टिप्नेको भिड

इनेप्लिज २०७५ मंसिर २९ गते १९:०२ मा प्रकाशित

 

अमेरिकाको न्यू जर्सी राज्यको एक राजमार्गमा सवारी साधन गुडी रहेको अवस्थामा डलरको वर्षा भएको छ । डलर वर्षा भए पछि चालकहरुले राजमार्गमा सवारी साधन रोक्दै बर्षेको डलर टिपेका थिए ।

गत बिहीबार डिसेम्बर १३ का दिन डलर सवारी साधनबाट उडे पछि एक छिन् राजमार्ग अबरुद्ध तथा हल्लाखल्ला मच्चिएको थियो । उक्त डलरको वर्षा राजमार्गमा भगवानले आकाशबाट बरदान स्वरुप नखसाई बख्तर गाडीमा लगि रहेको ५ लाख १० हजार डलर अचानक ढोका खुल्दा उडाएको हो ।

न्यू जर्सी राजमार्गमा यसरी डलर उडाए पछि चालकहरुले नगद सङ्कलन गर्दै थिए भने यो नटिप्न चेतावनी दिएका थिए । न्यू जर्सीको राजमार्ग ३ को ईस्ट रुथरफोर्ड नामक सडकमा बख्तर गाडीका चालक सडकमा छरिएका डलर उठाउदै थिए । उक्त घटना बिहान ८.३० भन्दा अगाडी घट्न गएको प्रहरीले बताएका छन् ।

प्रहरीका अनुसार गाडीमा राखिएको दुइवटा प्लास्टिकका पोकामा राखिएका ५ लाख १० हजार डलर रहेको जानकारी दिएका छन् । उक्त समयमा करिव २ लाख ५ हजार डलर भेटिएको थियो ।

५ जना मानिसले प्रहरी संग सम्पर्क गरेर करिव ११ हजार डलर दिएका थिए । गत शुक्रबार साँझ सम्मओ पछिल्लो जानकारी अनुसार अझ पनि २ लाख ९३ हजार ५ सय ३५ हराई रहेको जनाएको छ । चालकले आफ्नो सवारी साधन पैसा टिप्न जाँदा सवारी साधनहरु दुर्घटनामा परेको प्रहरीले जनाएको एनबिसी४ मा समाचार छ ।

तस्बिर स्रोत :कलरबक्स डटकम /एपी

प्रतिक्रिया