मोटरसाइकल दुर्घटनामा चालकको मृत्युु
इनेप्लिज
२०७५ मंसिर २९ गते ९:४८ मा प्रकाशित
दोलखा, मङ्सिर २९ गते । दोलखाको बैतेश्वर गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा शुक्रबार साँझ एक युवकको मृत्यु भएको छ ।
दुर्घटनामा परी बैतेश्वर गाउँपालिका–४ ओखरबोटेका १९ वर्षीय जयबहादुर खत्रीको मृत्यु भएको हो । च्यानेबाट जिरीतर्फ जाँदै गरेको बा२४प ८१२८ नंको मोटरसाइकल गोलाइ मोड्ने क्रममा दुर्घटना भएको दोलखाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।
उहाँका अनुसार मोटरसाइकल सिक्दै गरेका खत्रीले खरिखोलाको गोलाई मोड्न नसक्दा मोटरसाइकल रुखमा ठोक्किएर सडकबाट करीब ३२ फिट तल पुगेको थियो । मृतक खत्रीको शव परीक्षणका लागि जिरी अस्पतालमा राखिएको छ ।
मिस नेपाल नर्थ अमेरिका २०२२ को बिजेता बनिन प्रतियुशा बोहरा
एक हप्तामा २ पटक कोरोना संक्रमित भएका बाइडेन कोरोनामुक्त
” तमु धीं भर्जिनिया ” को ग्रिष्मकालिन – बनभोज भब्यताकासाथ सम्पन्न
न्यु जर्सीका एक पुरुषलाई गोफन्डमा ४ लाख डलर भन्दा ज्यादा घोटाला काण्डमा दोषी ठहर भए पछि ५ बर्ष कैद सजाय
गर्भपतनमा प्रतिबन्ध लगाउने र कानुन पारित गर्ने इन्डियाना बन्यो पहिलो राज्य
प्रतिक्रिया