नारायणकाजी श्रेष्ठज्यू, छाडा प्रवृत्ति देखाउने हो भने प्रवक्ता पद छोड्नुस् : विष्णु रिमाल
सत्तारुढ दल नेकपा आन्तरिक किचलोको चंगुलमा फसेको छ । सचिवालय बैठक बस्ने दिन अध्यक्ष केपी ओलीप्रति रुष्ट बन्दै चार जना नेताले बैठक नै बहिष्कार गरेपछि दिनप्रतिदिन विवाद बढिरहेको छ । अर्कोतिर सरकारको कामप्रति पनि असन्तुष्टी चुलिदै गएको छ । यिनै विषयमा केन्द्रित रहेर प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहाकार विष्णु रिमालसँग ऋषि धमलाले कुराकानी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।
विष्णु रिमाल, प्रधानमन्त्रीका राजनीतिक सल्लाहाकार
निर्मला पन्त प्रकरणका कारण सरकारको आलोचना भइरहेको छ । सरकार कमजोर भएको हो ?
सरकारको आलोचना गर्नेहरु एउटै विषयमा अल्झिरहेका छन् । तर सरकार धेरै विषयमा काम गर्दै छाँै । सबैखाले समस्या समाधान गर्दै देश विकास गर्ने सरकारका लक्ष्य छ ।
निर्मला पन्तको बलात्कारीलाई सरकारले कहिले पक्राउ गर्छ त ?
यो पानी तताएजस्तो होइन । स्विच दबाएजस्तो पनि होइन । प्रहरी प्रशासनले अनुसन्धान गरिरहेको छ । जतिबेला सही अपराधी पत्ता लाग्छ, त्यसबेला सार्वजनिक गरिहाल्छ । अब निर्मला पन्त प्रकरणका दोषी चाँडै नै पत्ता लाग्छ ।
रक्षामन्त्री ईश्वर पोखरेलले त हत्यारा पक्राउ परिसक्यो भन्नुभएको थियो नि ?
त्यो त मिडियामा आएको कुरा हो । के कसो हो बुझौँला । समातिएको भए पनि विधि पुर्याएर बाहिर आउँछ । नसमातिएको भए समातिन्छ । अनुसन्धान भइरहेकाले अहिलेलाई यति मात्रै भनौँ । प्रहरी प्रशासनलाई अप्ठ्यारो पर्ने गरी बोल्न थाल्यौँ भने अनुसन्धानमा समस्या हुन्छ ।
अन्तर प्रदेश परिषदको बैठकको उपलब्धि केके हुन् ?
२ दिन मन्त्रीहरु, मुख्यमन्त्रीहरु र प्रधानमन्त्रीसहित परिषदको बैठक बस्यो । बैठकमा समस्याहरुको पोको खोलियो । ति समस्या समाधानका लागि कार्यदल गठन गरिएको छ ।
संघीयता कार्यान्वयमा समस्या देखिएको कतिपयको तर्क छ । संघीयताले सरकारलाई समस्या नै निम्त्याएको हो त ?
संघीयता त कार्यान्वयनमा आइसक्यो नि । प्रणालीलाई लेखाजोखा गरेर हुँदैन । संघीयता खर्चिलो भयो भनेर जनतामा भ्रम छर्ने काम भइरहेको छ । संघीयता र संविधानको विरोधीहरु बोलिरहेका छन् । तर हामी संघीयतालाई सफल बनाउँछाँै ।
अहिलेको सरकारले विकास निर्माणको सवालमा प्रभावकारी काम गर्नै सकेन भन्ने पनि आरोप छ नि ?
विकास निर्माणका कामको थालनी भएको छ । एकैपटक सबै काम त हुँदैन नि । सरकार ठीक दिशातर्फ अगाडि बढिरहेको छ ।
तपाईको पार्टीभित्र विवाद बढ्दै गयो । प्रवक्ता नारायणकाजी श्रेष्ठले त प्रधानमन्त्रीले पार्टी चलाउनु हुँदैन भन्नुभयो । बैठक पनि बहिष्कार हुन थाल्यो । समस्या चुलिएको हो ?
नारायणकाजी श्रेष्ठ बैठक छोडेर हिँड्नुहुन्छ । बैठकमा राख्नुपर्ने कुरा रेडियो र टेलिभिजनमा भन्दै हिँड्नुहुन्छ । यो त पार्टीविरुद्ध भइहाल्यो नि । उहाँ प्रवक्ता हो हाम्रो । प्रवक्ताले त विधि सिकाउनुपर्यो । भएका निर्णय सार्वजनिक गर्नुपर्यो । बैठक छोडेर हिँड्नुहुन्छ । बैठकमा के निर्णय भयो थाहै पाउनुहुन्न । हाम्रो प्रवक्ताजीको तरिका ठीक भएन ।
सत्तारुढ दलकै प्रवक्ताले सरकारको आलोचना गर्दा कस्तो प्रभाव पर्छ ?
गलत भयो भने त सबैले आलोचना गर्नुपर्छ । सरकारलाई ठीक ठाउँमा ल्याउनका लागि जसले पनि सुझाब दिनसक्छ ।
तर प्रवक्ताको मात्रै कुरा होइन नि, सचिवालय बैठक त चार जना नेताहरुले बहिष्कार गरेका छन् ?
केही केही साथीहरुलाई के रमाइलो लाग्छ कुन्नी बैठक छोडेर हिँड्नुभयो । किन छोड्नुभयो थाहा पनि छैन । अब स्थायी समितिको बैठकमा थाहा होला । अहिले त मिडियाबाट मात्रै थाहा पाएका छौँ । सबैले आफ्नो जिम्मेवारी बोध गर्नुपर्यो । ठूलो पार्टीका प्रवक्ताहरुले त विधि मिलाएर बोल्नुपर्छ नि । अरुलाई दोष लाउँनुभन्दा पहिला आफू ठीक छु कि छैन भन्ने ख्याल गर्नुपर्छ ।
केपी ओलीको बैठकमा समयमै नपुग्ने बानीले बहिष्कार गर्नुपरेको भनेर त प्रवक्ताज्यूले भनिसक्नुभएको छ त । बैठक पनि पार्टी कार्यालयमा राखिएन भन्ने गुनासो छ ।
प्रवक्ताले भन्ने भनेको त पार्टीले निर्णय गरेका कुराहरु हो । चित्त नबुझेको कुरा त बैठकमा बसेर भन्नुपर्छ । बाहिर गएर भन्दै हिँडेर त समस्या समाधान हुँदैन नि । उहाँलाई यस्ता कुरा भन्दै हिँड्नलाई प्रवक्ता बनाइएको होइन । यदी छाडा छारष्ट ढंगले जाने हो भने त अर्कै तरिकाको पदमा बसे भइगयो नि । उहाँ त हाम्रो पार्टीको प्रवक्ता हो । विधिअनुसार चल्नुपर्यो नि । स्वाद लाग्यो भन्दैमा जे पनि बोल्दै हिँड्न त भएन नि । यो त अराजकता हो । तर उहाँलाई सांगठनिक पद्धतिबारे थाहा पनि छैन । पहिला उहाँको पार्टीको संगठन नै अराजक थियो ।
तर बामदेव गौतम, झलनाथ खनाल र माधवकुमार नेपालको पनि त असन्तुष्टी छ नि ?
मैले ठूला नेताहरुको विषयमा कुरा गर्न मिल्यो र ? मेरा वरिष्ठ नेताहरुले भनेको कुराप्रति म टिप्पणी गर्न सक्दिन ।
विश्व प्रसिद्ध लेखक सलमान रुस्दी माथी न्यूयोर्कमा आक्रमण
अमेरिकाको नर्थ क्यारोलाइनाको एक ब्यायामशाला बाहिर गोलाबारी हुँदा १ जनाको मृत्यु ,३ जना घाइते
रिपोटर्स क्लब नेपाल अमेरिका शाखाको कार्यसमिती गठन
एफबीआईको कार्यालयमा प्रवेश गर्ने प्रयास गर्ने एक सशस्त्र संदिग्ध अधिकारीहरूसँगको विवादपछि मारिए
बाल्टिमोरको हिन्दु बुद्ध मन्दिरमा नेपालीमूलका बिद्यार्थीहरुलाई विशेष सम्मान गरिने
प्रतिक्रिया