दुई स्थानमा आगलागी हुँदा १७ लाखभन्दा बढीको क्षति

सञ्जय साह मित्र २०७५ मंसिर २७ गते ११:३७ मा प्रकाशित

रौतहटको दुई नगरपालिकामा भएको छुट्टाछुट्टै आगलागीमा लाखौँको क्षति भएको छ । रौतहटको फतुवा विजयपुर नपा ५ स्थित अशोक जयसवालको पसलमा आगलागी हुँदा घर र घरमा रहेको पसलका सम्पूर्ण सामानहरु डढेका छन् । नगद १० हजार रुपैया पनि डढेको छ । आगलागीले करिब १६ लाख २० हजार रुपैयाको क्षति भएको प्रहरीले जनाएको छ ।

यसै गरी बौद्धिमाई नपा ४ इनरवारीमा शिवचरण पण्डित कुम्हारको घरमा पनि आगलागी भएको छ । करिब १ लाख रुपैयाको क्षति भएको बताइएको छ ।
दमकल र स्थानीयबासीको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

सञ्जय साह मित्र

पत्रकार/लेखक

प्रतिक्रिया